Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएलमा नेपाली खेलाडीको ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ चमक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरुआती चरणमा नेपाली खेलाडीबाट प्रभावशाली प्रदर्शन भइरहेको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (१५ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १९ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरुआती चरणमा नेपाली खेलाडीबाट प्रभावशाली प्रदर्शन भइरहेको छ ।

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।

यसअघिका संस्करणमा सुरुआती चरणदेखि नै विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेको थियो । तर, यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडिरहेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

ब्याटिङतर्फ विराटनगर किङ्समा आबद्ध नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२.०६ को उत्कृष्ट ‘स्ट्राइक रेट’मा १८८ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतकीय पारी खेलेका छन् ।

विराटनगरको पछिल्लो लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्वपूर्ण रह्यो । आक्रामक शैलीमा ब्याटिङ गरिरहेका उनले छोटो समयमा ठूलो ‘स्कोर’ बनाउन सक्ने क्षमता देखाएका छन् ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा विराटनगरकै वेष्ट इण्डिजका चर्चित अलराउण्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । रसेलजस्ता अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित खेलाडीसँगै नेपाली ब्याटरले शीर्ष स्थानमा प्रतिस्पर्धा गर्नु प्रतियोगिताको सकारात्मक पक्षका रूपमा देखिएको छ ।

यस संस्करणमा लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । पवनले अहिलेसम्म १०३ तथा इमरानले १०० रन बनाइसकेका छन् । नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पु¥याउन थालेका छन् ।

विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरी एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताउनुहुन्छ । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक सङ्केत रहेको उहाँको भनाइ छ ।

“जारी एनपिएलको सुरुआती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ । ‘प्लेयर अफ दी म्याच अवार्ड’ जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन् । यो नेपाली क्रिकेटका लागि राम्रो सङ्केत हो,” पूर्वराष्ट्रिय क्रिकेटर पनि रहनुभएका चौधरीले रासससँग भन्नुभयो ।

ब्याटिङमा मात्रै होइन बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८.२० को इकोनोमी रेटमा सात विकेट लिएका छन् ।

सोमपालले प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखेका छन् । कप्तानीसँगै ब्याटिङ र बलिङ दुवैमा जिम्मेवारीपूर्ण प्रदर्शन गरिरहेका उनको लय कर्णालीका लागि महत्वपूर्ण बनेको छ ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङल्याण्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युज पनि छन् । दुवैले समान चार खेलमा सात–सात विकेट लिएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि प्रभावशाली बलिङ गरिरहेका छन् । उनले चार खेलमा ६.१२ को सानदार इकोनोमी रेटमा छ विकेट लिएका छन् । विपक्षी ब्याटरलाई खुलेर रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङलाई थप मजबुत बनाएको छ ।

जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका आकर्षण बनेका छन् । उनले चार खेलमा सातको इकोनोमी रेटमा छ विकेट लिएका छन् । जनकपुरको दुई जितमा राहुलको योगदान महत्वपूर्ण रहेको छ ।

कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन् । उनी यस संस्करणमा ‘प्लेयर अफ दी म्याच’ पनि घोषित भइसकेका छन् । अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएका राहुलले देखाएको आत्मविश्वास र प्रदर्शन नेपाली क्रिकेटको भविष्यका लागि पनि सकारात्मक सङ्केत रहेको जनकपुरमा आबद्ध इङल्याण्डका चर्चित अलराउन्डर मोइन अलीले बताउनुभयो । उहाँले राहुललाई ‘नेपाली मलिङ्गा’ को उपमा पनि दिनुभएको छ ।

विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तरराष्ट्रिय स्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ । प्रतियोगितामा नेपाली खेलाडीले देखाएको निरन्तरता र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको सङ्केत दिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विगतका संस्करणमा सुरुआतदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ ।”

नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वछनोट समितिका संयोजकसमेत रहनुभएका चौधरीले जारी प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन यही लयमा कायम रहने विश्वास व्यक्त गर्नुभयो । पूरा ‘सिजन’मा घरेलु खेलाडीले अझ राम्रो प्रदर्शन गर्दै टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उहाँको भनाइ छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

  • लुम्बिनी लायन्सले  जनकपुरलाई दियो १५० रनको चुनौती

    लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

  • उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

    उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

  • Post Thumbnail

    एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

    ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

    Post Thumbnail

    एनपिएलमा नेपाली खेलाडीको ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ चमक

    Post Thumbnail

    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

    Post Thumbnail

    दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution