Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

दीपावली र छठ पर्व मुख्खैमा छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन् । पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (सख्खर) पकाउन व्यस्त छन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (१ घण्टा अघि)
सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

महोत्तरी, १८ कात्तिकः दीपावली र छठ पर्व मुख्खैमा छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन् । पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (सख्खर) पकाउन व्यस्त छन् ।

मिथिलामा खेतीकिसानी व्यवसायमा कात्तिकलाई ‘ते¥हौँ मास’ भनिन्छ । कात्तिक आम्दानी कम र खर्च बढी हुने बेला हुँदा यसलाई किसानी भाषामा पूर्वजले ‘ते¥हौँ मास’ भनेका भङ्गाहा–४ रामनगरका ६० वर्षीय गङ्गाराम महतो बताउनुहुन्छ ।

“यसबेला धान भित्री सकेको हुँदैन, यसै बेला उखु, गहुँ र अरु चैतीबाली लगाउने तयारीको बेला पर्छ, मुख्य चाडवाड यसै बेला पर्छन्”, उहाँ भन्नुहुन्छ, “पैसो आउने स्रोत त्यति हुँदैन्, यही ‘ते¥हौँ मास’ को बेला दुईचार पैसा हेर्न पाउँ र चाडपर्व टार्ने खर्चको जोहो होस् भनेर उखु पेलेर मिठ्ठा बनाउन थालिएको हो ।”

बर्दिबास–७ प्रेमनगरका किसान रामअवतार महतो पनि अहिले उखु पेलेर मिठ्ठा बनाउने काममा व्यस्त हुनुहुन्छ । “अहिले दीपावली र छठले मिठ्ठाको माग उच्च छ, उपभोक्ताले गत वर्षको भन्दा हालसालै बनेको मिठ्ठा रुचाउँछन्, यसबेला भाउ पनि राम्रै पाइन्छ” उहाँ भन्नुहुन्छ, “त्यसैले अरु काम थाति राखेर अहिले मिठ्ठा बनाउन लागेका छौँ ।” अहिले राम्रो रङ्मा तयार भएको दानादार मिठ्ठा उपभोक्ताले घरमै आएर प्रतिकिलो रु १४० मा खरिद गर्ने गरेका उहाँको भनाइ छ ।

महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका बस्तीमा सघन उखुखेती गरिन्छ । जिल्लाका चिनी उद्योग मङ्सिर अन्त्यतिरमात्र सञ्चालन हुन्छन् । त्यसैले किसान अन्य क्षेत्रबाट आम्दानी कम हुने कात्तिकमा खेतीपातीका लागि नगदको जोहो र चाडपर्व टार्न यसैबेला उखु पेल्नु परेको बताउँछन् ।

“कात्तिक हामी किसानलाई खर्र्चको अभाव हुने बेला हो, यसैबेला दीपावली र छठजस्ता महत्वपूर्ण पर्व पर्छन्”, बर्दिबास–१२ का किसान विश्वनाथ सिंह भन्नुहुन्छ, “यसैले खेतीपातीको खर्च जुटाउन र चाडपर्व धान्न किसान अहिले उखु पेल्न थालेका हुन् ।”

अब लगालगी उखु र गहुँ खेतीका लागि खनजोत, बीउ खरिद र मलखादको व्यवस्थामा धेरै खर्च हुने हुँदा मुख्य रुपले त्यो जुटाउन अहिले चाडपर्वको मुखमा उखु पेल्नु परेको किसानको भनाइ छ । दीपावलीअघिदेखि उखु पेल्न थालेका किसान अब छठसम्मै यो काममा हुनेछन् । दीपावली र छठमा मिठ्ठाको माग निकै हुने गर्छ । यसबेलाको नयाँ मिठ्ठाले राम्रो बजार भाउ पाउनेहुँदा धमाधम उखु पेल्न थालिएको बर्दिबास–६ फुलबारीटोलका किसान रामचन्द्र महतोको भनाइ छ ।

दीपावलीको खास परिकार सेल र छठका ठकुवा चिनीभन्दा मिठ्ठामा राम्रो हुने उपभोक्ता बताउँछन् । पछिल्ला दिनमा स्वास्थ्य सचेतना बढ्दै जाँदा गुलियोका लागि चिनी छाडेर मिठ्ठा रोज्ने उपभोक्ता ह्वात्तै बढेका छन् । त्यसैले उपभोक्ताको रोजाइमा मिठ्ठा पर्ने गरेको छ ।

एक पटक रोपिएको उखुको दुई वर्षको बाली लिइन्छ । पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सख्खर बनाउँदै गरेका छन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टी कात्तिकमै तयार हुनेहुँदा किसान अहिले खुट्टी पेल्न थालेका उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ ।

मधेसका केही जिल्लामा चिनी उद्योगले क्रसिङ सुरु गरेपनि महोत्तरीमा भने बाँकी नै छ । प्रत्येक वर्षजसो हिउँद लागेपछि उखुको मूल्य निर्धारणसम्बन्धी टुङ्गो समयमा नलाग्दा किसान पिरोलिने गरेका छन् । कात्तिक मसान्तभित्रै सरकारले उद्योग र उखु उत्पादक किसानबीचको सहमतिबाट मूल्य निर्धारण गर्नुपर्ने भए पनि यसको सुनवाइ नभएको अध्यक्ष कुशवाहा बताउनुहुन्छ ।

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

  • Post Thumbnail

    बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

  • Post Thumbnail

    उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

  • कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

    उद्यमशीलता प्रवर्द्धनका लागि पोखरामा ‘नेपाल स्टार्टअप समिट’

    उद्यमशीलता प्रवर्द्धनका लागि पोखरामा ‘नेपाल स्टार्टअप समिट’

    सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

    सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

    Post Thumbnail

    निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution