
काठमाडौँ, १८ कात्तिकः गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो । यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै आइएको थियो ।
आजैको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महारनिरीक्षकमा पदोन्नति गरेको थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रुपान्तरण विषयमा विद्यावारिधि गर्नुभएको छ । विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मनुभएका डा केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |