
काठमाडौँ, १८ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिश्रीबीच दुई मुलुकबीचको सम्बन्ध र सहकार्यसहित ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका विविध विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |