Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाजुरा

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (३० मिनेट अघि)
Post Thumbnail

बाजुरा, १८ कात्तिकः जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गत आव २०८२÷८३ मा तीन प्रतिशत वृद्धि हुँदा यहाँ २३ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको हो । यहाँका धेरैजसो किसान अझै पनि आकासे पानीको भरमा खेती गर्न बाध्य छन् । विशेषगरी वर्षायाममा मात्रै खेती गर्न सकिने र हिउँदमा जमिन बाँझै राख्नुपर्ने अवस्था ग्रामीण भेगका किसानहरुले भोग्दै आएका छन् । सिँचाइ सुविधा नहुँदा पर्याप्त जमिन हुँदाहुँदै पनि किसानले अपेक्षित उत्पादन लिन सकिरहेका छैनन् ।

जिल्लामा २८ हजार १३५ हेक्टर खेतीयोग्य जमिनमध्ये २६ हजार १६० हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आइरहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टका अनुसार जिल्लामा २० प्रतिशत जमिनमा सिँचाइ पुगेकामा गत वर्ष तीन प्रतिशतले वृद्धि भएको छ । “जिल्लाको धेरैजसो भूभाग भिरालो हुँदा पाखो जमिनमा खेती गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय सिँचाइ पोखरी तथा कुलो निर्माण हुन थालेपछि सिञ्चित जमिनसमेत बढ्दै गएको छ ।”

प्रमुख विष्टले गत आर्थिक वर्षमा कार्यालयबाट साना सिँचाइ कार्यक्रमअन्तर्गत ६१ वटा पोखरी तथा कुलो निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा पनि उक्त कार्यक्रममार्फत सिँचाइ सुविधा विस्तारका लागि करिब रु ५५ लाख सुदूरपश्चिम प्रदेश सरकारबाट विनियोजन भएको छ ।

यहाँका नौ वटा स्थानीय तहमध्ये खेत क्षेत्र बढी भएका बुढीगङ्गा, बडीमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ । “सिँचाइ सुविधा नपुगेको पाखो जमिनमा आकासे पानीको भरमा खेती हँुदै आएको छ । जिल्लामा सिँचाइ सुविधा विस्तारको गति अझै पर्याप्त हुनसकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै सिँचाइ सुविधाबाट वञ्चित छ”, प्रमुख विष्टले भन्नुभयो ।

भौगोलिक विकटता, बजेटको अभाव, पानीका स्रोतको सीमितता तथा निर्माण भएका सिँचाइ आयोजनाको नियमित मर्मतसम्भार नहुँदा समस्या भइरहेको किसानहरू बताउँछन् ।

जलस्रोत तथा सिँचाइ विकास सव डिभिजन कार्यालय बाजुराका अनुसार जिल्लामा गत आर्थिक वर्षमा १०६ कुलो र ६०० मिटर तटबन्धन निर्माण गरिएको थियो । पछिल्लो समय सिँचाइका संरचना विस्तार हुन थालेपछि केही क्षेत्रमा बाह्रै महिना खेती गर्न सकिने अवस्था सिर्जना हुँदै गएको छ ।

सिँचाइ सुविधा पुगेका क्षेत्रमा तरकारी, धान, गहुँ, आलु तथा अन्य मौसमी र बेमौसमी बाली लगाउन किसानलाई सहज भएको बडीमालिका—८ का स्थानीय किसान लालबहादुर ऐडीले बताउनुभयो । उहाँले सिँचाइ सुविधा हुँदा यसले खाद्यान्न उत्पादन बढाउनुका साथै किसानको आयआर्जनमा समेत सहयोग पुग्ने बताउनुभयो ।

विशेषगरी हिमाली तथा पहाडी भूगोलका कारण सिँचाइका संरचना निर्माण गर्न कठिनाइ हुने गरेको छ । कतिपय ठाउँमा पानीको स्रोत भए पनि खेतसम्म पानी पुर्याउन आवश्यक संरचना नहुँदा किसानले समस्या भोगिरहेका छन् । निर्माण भएका कतिपय कुलो तथा नहर पनि बाढीपहिरोका कारण क्षतिग्रस्त हुने गरेको खप्तड छेडेदह–३ का किसान वीरबहादुर बुढाले बताउनुभयो ।

जिल्लामा कृषि उत्पादन वृद्धि गर्ने र किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न सिँचाइ आयोजना निर्माण तथा विस्तारका काम भइरहेका छन् । स्थानीय तहसँगै सङ्घ, प्रदेश सरकार तथा सम्बन्धित निकायमार्फत साना सिँचाइ कुलो, नहर, पाइप लाइन तथा अन्य सिँचाइ संरचना निर्माण र मर्मतका पर्याप्त बजेट विनियोजन गरेर दीर्घकालीन र परिमाणमुखी काम गर्न सके त्यसको प्रत्यक्ष लाभ यहाँका किसानलाई हुने देखिन्छ ।

  • बाजुरा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

  • कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

  • विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

    विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

  • परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लेगुवाका केही किराना पसलमा अखाद्य वस्तु बिक्रीमा

    इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

    इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

    Post Thumbnail

    बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

    Post Thumbnail

    उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution