Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौं

विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

मानव संशाधन विशुद्ध कर्मचारीसँग सम्बन्धित विषय भएको र सो कार्य गर्ने मानव संशाधनविभाग रहेकामा कसैको विमति रहँदैन ।नेपालमा विगतमा कर्मचारी प्रशासन भनिने यस विभागको कार्य निकै सङ्कुचित भए तापनि वर्तमान अवस्थामा भने यस विभागको महत्वलाई विशेष रूपमा सम्बन्धित संस्थाको कर्मचारी विनियमावली वा मानव संशाधन वा सरकारीतर्फ ऐनले सम्बोधन गरी नियमानुसार कार्य गर्न सघाउ पुर्याउने गर्दछ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (४३ मिनेट अघि)
विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

काठमाडौं, १८ कात्तिक (रासस): मानव संशाधन विशुद्ध कर्मचारीसँग सम्बन्धित विषय भएको र सो कार्य गर्ने मानव संशाधनविभाग रहेकामा कसैको विमति रहँदैन ।नेपालमा विगतमा कर्मचारी प्रशासन भनिने यस विभागको कार्य निकै सङ्कुचित भए तापनि वर्तमान अवस्थामा भने यस विभागको महत्वलाई विशेष रूपमा सम्बन्धित संस्थाको कर्मचारी विनियमावली वा मानव संशाधन वा सरकारीतर्फ ऐनले सम्बोधन गरी नियमानुसार कार्य गर्न सघाउ पुर्याउने गर्दछ । जेसुकै नाम दिइएको भए तापनि संस्थाको प्रकृति, आवश्यकता, क्षमतार कार्यका आधारमा भने लगभग एकैखालको कार्य सम्पन्न हुने गर्दछ ।

अध्ययन पश्चात सुरु भएको जागिरे जीवनमा विभिन्न संस्थामा व्यावहारिक ज्ञान लिने अवस्था आइपर्यो । संस्थाअनुसारको प्रयोग, फरक संस्कृति, नियम कानुन र नवीनतम प्रयोग तथा व्यावहारिकताले परिपक्व बनाउँदै आफैँलाई समयानुसार परिस्कृत गर्ने मौका जुर्न गयो । संस्थागत अनुभव बृहत् भए तापनि उठान गरिएको विषय भने अत्यन्त आवश्यक विधामा रहेको तर न्यून प्राथमिकतामा परेको विषय रहेको देखिन्छ ।

जुनसुकै पदमा पनि नियुक्ति दिंदा मानव संशाधनको विभिन्न अवयवहरूको चरणबाट गुज्रिनुपर्ने अनिवार्यता रहन्छ । सुरुमा दरखास्त माग गर्नु, स्वीकृत गर्नु, छनोट परीक्षाका विभिन्न चरणहरू आवश्यकताका आधारमा सम्पन्न गर्नु, अन्तर्वार्ता लिनु अनि उम्मेदवार छनोट गरी नियुक्ति दिनु रहेका छन् । नियमित कार्यले मात्र छनोट भएका उम्मेदवारको बारेमा सम्बन्धित सूूचना प्राप्त गर्न र सही उम्मेदवारलाई नियुक्ति दिन कठिन हुने भएकाले सूूचना प्रविधिको युगमा समयमैसही सूचना लिनु र सुरक्षा प्रविधिका विविध प्रयोगले आफूूले छनोट गरेको उम्मेद्वारमार्फत व्यवसाय पनि चुस्त बनाउनु जरुरी हुन्छ । विगतमा सूूचना प्रविधि तथा जोखिमको न्यूूनीकरण गर्न लगानी समेत नहुने परिपाटीले सूूचना र तथ्याङ्कको अस्पष्टपना, दोहोरोपना र सहीसञ्चार नभई सहीरूपमा विश्लेषण गर्न चुनौती रहेको देखिएबाट परिवर्तित हुँदै आजको सूचना प्रणाली र प्रविधि प्रयोग गरीकर्मचारी छनोटमा समेत अब्बल देखाउन र लाभ लिन तथा आवेदकहरूमध्येबाट सही उम्मेदवारको छनोट गर्ने गरिएको पाइन्छ । तर छनोटपश्चात् नियुक्तिपूर्व आवेदकको सन्दर्भ परीक्षण तथा पृष्ठपोषक लिने कार्य भने विभिन्न क्षेत्रमा व्यावहारिक रूपमा प्रयोग नहुनु र प्रयोग भएको संस्थामा समेत अपूर्ण रहनु दुर्भाग्य नै मान्नु पर्दछ ।

यो विषय कर्मचारी वा प्रतिनिधिको छनोट भइसकेपछि नियुक्ति दिनु अगाडि निजको वास्तविक रूपमा आर्थिक, सामाजिक, राजनैतिक चालचलन, व्यहोरा, विगतका कुनै अक्षम्य करतुत, कार्यक्षमता, निष्ठा, कर्मचारीप्रतिको धारणा वा आफ्नो संस्थाका अन्य आवश्यकता आदिबारे आवेदकले व्यक्तिगत विवरणमा खुलाएका र निजलाई राम्रोसंग पहिचान गर्ने (आफन्त बाहेक) सान्दर्भिक व्यक्तित्व वा निजले उल्लेख गरेको पूर्ववत् सुपरभाइजर, लाइन मेनेजर वा हाकिमका माध्यमबाट लिखित जानकारी लिने कार्य हो ।

सरकारी निकाय

सरकारी निकाय तथा मन्त्रिपरिषद्को निर्णयमार्फत नियुक्ति हुने पदहरूमा यस विषयसँग सम्बन्धित कार्य गरेको पाइंदैन । सरकारी कार्यालयको लागि लोकसेवामा लिखित र अन्तर्वार्ता उत्तीर्ण गरेपछि सोझै नियुक्ति पत्र दिई पदस्थापना गर्ने प्रचलन छ । देशका भावी सेवकहरूको असल चालचलन हुन आवश्यक रहेबाट लोकसेवामा उत्तीर्ण भई नियुक्तिका पर्खाइमा रहेका उम्मेदवारका लागि सम्बन्धित व्यक्तिले आफ्नो स्थानीय क्षेत्रको प्रहरी कार्यालयबाट असल चालचलन पत्र पेस गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिन्छ ।

यसले विगतमा गरेको गलत चालचलनपछि सरकारी सेवामा प्रवेश गर्ने बाटोलाई सधैंका लागि किनारा लगाउन सहयोग पुग्दछ । यस्तो प्रकृया भारतका केही राज्यमा समेत रहेको पाइन्छ तर मन्त्रिपरिषद्बाट नियुक्त प्रदान गर्ने पद भएमा भने छनोट भइसकेका तर नियुक्ति गर्नुअघि भने उठान भएको विषयलाई उच्च रूपमा पालना गर्नसके उच्च चरित्रका उम्मेदवारले मात्र नियुक्ति पाउने सम्भावना बढी देखिन्छ ।

राजदूत सिफारिस तथा राजनैतिक नियुक्ति

राजनैतिक वा मन्त्रिपरिषद्मार्फत नियुक्ति हुने केही पद (राजदूत तथा संवैधानिक पद) हरूमा भने संसदीय समितिमार्फत उजुरी लिने, छानबिन गर्ने प्रकृया भएको पाइन्छ । सुनुवाइ पृष्ठपोषकको एक माध्यम हो तर सन्दर्भ र पृष्ठपोषकजस्तै पूूर्ण हुन सक्दैन । विभिन्न निकायमा सिफारिस भएकाहरू पनि अस्वीकृत भएका अनेक उदाहरण छन् तर संसदीय सुनुवाइअनुसार उत्तीर्ण नहुने व्यक्तित्वहरूलाई नियुक्ति प्रदान गर्न दबाब दिनु भने गैरमनासिव कार्य हो ।

विगतमा आवेदन माग गर्ने, प्रकृया पुर्याउने तर आफन्तलाई पोस्ने गरी सोझै नियुक्ति गर्ने प्रचलनमा केही परिवर्तन भई हाल आवेदन माग्ने, अन्तर्वार्ता वा प्रस्तुतीकरण गर्ने कार्यबाट नियुक्ति दिने गरिएको देखिन्छ । यो प्रकृयामा पनि त्रुटि प्रशस्तै पाइएका छन् । यसका लागि विगतमा वा पछिल्लो कार्य गरेको संस्थाबाट वा आवेदकले उल्लेख गरेका व्यक्तिबाट सन्दर्भ र पृष्ठपोषक लिन आवश्यक रहेको देखिन्छ । साथै, स्थानीय प्रहरीको चालचलन प्रमाणपत्रसमेत पेस गर्न आवश्यक हुन्छ । साथै, आवश्यकताका आधारमा विदेशका निकायबाट समेत प्रमाण सङ्कलन गरी निर्णय गर्ने अभ्यास गरेको अवस्थामा गलत व्यक्तिको नियुक्तिमा तगारो लगाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय निकाय तथा सङ्घसंस्थाहरू

नेपालमा विभिन्न प्रकारका निकाय कार्यरत रहेका छन् । अभ्यास भने आ–आफ्नै रहेको छ । अधिकांश संस्थाको न्यूनतम आवश्यकता सन्दर्भ तथा पृष्ठपोषकबारे लिखित जानकारी माग गरेपश्चात नियुक्ति प्रदान गर्ने रहेको पाइन्छ । यो एक प्रकारको मानव संशाधन परीक्षण गर्दा आवश्यक पर्ने लिखत दस्तावेज हो, जुन बाह्य मानव संशाधन परीक्षण गर्दा सम्परीक्षण गर्ने गरिन्छ । अतः ती निकायहरूमा उठान विषयबारे पूूर्ण कार्यान्वयन भएको पाइन्छ ।

बिमा तथा निजी कम्पनीहरू

नेपालका विभिन्न कम्पनीहरूमा श्रम ऐनले तोकेको मापदण्डअनुसार तयार भएका आफ्नै नियमावली प्रयोगमा रहेका छन् तर कर्मचारीको क्षमता, संस्थाको आवश्यकता, व्यावहारिक कठिनाइ र सीमितताका कारणले सन्दर्भ र पृष्ठपोषकबारे न छलफल हुन्छ न प्रयोग । मानव संशाधन विभागलाई स्वतन्त्र पूूर्वक कार्य गर्ने अख्तियारी कमै प्रदान गरिएको तथा आवश्यकताका आधारमा वा टाउके प्रणाली (हेड हन्टिङ)को सिफारिसमा ल्याइएका व्यक्तिगत विवरणहरूको परिक्षण अन्तर्वार्ताका माध्यमबाट हुने, विज्ञापनबाट आएका आवेदनहरूबाट भएका छनोट गर्ने व्यवस्था, आफन्तलाई भर्ना गर्ने प्रचलन, लक्ष्य प्राप्त गर्ने हुटहुटीले उपयुक्त ठानेका उम्मेदवार फुस्किने कारणले पृृष्ठपोषक वा सन्दर्भ परिक्षण गर्न प्रायः असम्भव रहेको देखिन्छ ।

बैक तथा वित्तीय संस्थाहरू

बैक तथा वित्तीय संस्थाहरूमा भने संस्थाअनुसार केही फरक व्यवस्था रहेको पाइन्छ । स्टाण्डर्ड चार्टर्ड बैंकको हकमा भने विदेशी कम्पनीमार्फत हुने भएको देखिदा लिखितमा नहुने प्रश्नै भएनतर अन्य बैंकहरूमा भने सन्दर्भ र पृष्ठपोषक टेलिफोनमार्फत हुने तर लिखितमा कमै प्रयोग हुने गर्दछ । कुनैले आवश्यकताअनुसार लिखितरुपमै राख्ने समेत गर्दछन् । यस प्रसङ्ग मानव संशाधनको विभिन्न फोरममा समेत उठने भएतापनि संस्थाको नीति, नियम तथा विनियमावलीमा निर्देशन भएअनुसार नै हुने भन्ने जानकारी पाइयो ।

विकास बैंकका हकमा भने सिफारिसमा स्वयं घोषणालाई नै सन्दर्भका रूपमा बुझिएको रहेछ तर लिखितमा पृष्ठपोषकका कागजात नराखिने रहेछ । त्यस्तै अन्यका हकमा टेलिफोनमार्फत बुझ्ने कार्य नै विषयवस्तुको पृष्ठपोषक तथा सन्दर्भ परीक्षण रहेको भन्ने बुझाइ देखिन्छ । जे होस् बैक तथा वित्तीय संस्थामा प्रहरी चालचलन तथा स्वास्थ्य प्रतिवेदन नै मुख्य पृष्ठपोषकको रूपमा रहेको देखिन्छ । यसका अलावा लिखित रूपमा व्यक्तिगत विवरणमा उल्लेखित अनुसार सन्दर्भ (रेफरेन्स) परीक्षण तथा पृष्ठपोषक परीक्षण लिने र राख्ने कार्यमा यो क्षेत्र पनि कमजोर नै रहेको देखिन्छ । जुन मानव संशाधनको भर्ना तथा छनोट गर्ने क्रमको मुख्य कार्य रहेको मानिन्छ ।

निष्कर्षः मानव संशाधन बृहत् कार्य गर्ने क्षेत्र हो । यसका विभिन्न अवयवहरूले निरन्तर कार्य गरिरहेका हुन्छन् । कुनै पनि अवयवको न्यून उपयोग हुनु भनेको लिखित कागजात तथा प्रमाणमा आफूू कमजोर हुनु हो । अतः आन्तरिक एवं बाह्य परीक्षणमा सुधार गर्न र सहीएवं उच्च चालचलनको मानव स्रोत भिœयाउन गरिने यो प्रकृयाको अवलम्बन हरेक संस्थाले गर्नु अनिवार्य रहेको छ । अनिमात्र मानव संशाधन पेशागत हुने कार्यमा बल पुग्न जाने देखिन्छ । (लेखक नेपाल व्यवस्थापन सङ्घको पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ)

  • काठमाडौँ
  • मन्त्रिपरिषद्
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

  • कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

  • परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

  • आलेखः प्रदूषित बन्दै राम्दीघाट

    आलेखः प्रदूषित बन्दै राम्दीघाट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

    विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

    विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution