Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बनेपा

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त हुनुहुन्छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (५३ मिनेट अघि)
परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

बनेपा (काभ्रे), १८ कात्तिकः तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त हुनुहुन्छ । परदेशमा १७ वर्ष बिताएर फर्किनुभएका उहाँले पाँच रोपनीबाट सुरु गर्नुभएको फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ ।

नौ वर्षअघि स्वदेश फर्किनुभएका घिमिरेले सुरुका दुई–तीन वर्ष कुनै काम गर्नुभएन । तर, लामो समय काम गरेर बिताउनुभएका उहाँलाई घरमै निस्क्रिय भएर बस्न सहज भएन । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचसहित उहाँले कृषि व्यवसाय रोज्नुभयो । यसमा परिवारबाट पनि पूर्ण साथ र सहयोग प्राप्त भयो ।

पाँच वर्षअघि कृषि व्यवसाय सुरु गर्नुभएका घिमिरेले सुरुका दुई वर्ष गोलभेँडा र काँक्रोखेती गर्नुभयो । तरकारीखेतीबाट अनुभव बटुल्नुभएका उहाँले पछि फूलखेतीको सम्भावना देख्नुभयो । दसैँ र तिहारजस्ता पर्वमा सयपत्री फूलको माग हुने भएकाले त्यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने सोचअनुसार पाँच रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरेको उहाँले बताउनुभयो ।

पहिलो वर्षको उत्पादन र बिक्रीको अनुभवले उहाँलाई यस व्यवसायमा अघि बढ्न थप हौसला मिल्यो । सुरुमा सीमित क्षेत्रफलमा गरिएको खेतीलाई विस्तार गर्दै अहिले १४ रोपनीमा पु¥याउनुभएको छ । उहाँले जापानी र थाई जातका हाइब्रिड सयपत्री फूल लगाउनुभएको छ ।

फूलखेतीका लागि बिरुवा रोप्ने काम साउन महिनादेखि सुरु हुन्छ । रोपेको करिब तीन महिनामा फूल बिक्रीका लागि तयार हुने घिमिरेले बताउनुभयो । दसैँ र तिहारमा फूलको खपत बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर खेती व्यवस्थापन गर्दै आउनुभएको छ ।

फूलको मौसम सकिएपछि उहाँ खेतबारी खाली राख्नुहुन्न । सयपत्री फूलको बिक्रीको समय सकिएपछि अन्य सागसब्जी तथा तरकारी लगाउने गर्नुहुन्छ । एउटै खेतीमा मात्र निर्भर नभई वर्षभरि जमिनको उपयोग गर्ने उहाँको अभ्यास छ ।

घिमिरेको फूलखेतीले उहाँलाई मात्र होइन, अन्य व्यक्तिलाई पनि रोजगारी दिएको छ । खेतीमा १० जना कामदार संलग्न छन् । फूल रोप्ने, गोडमेल गर्ने, स्याहार गर्ने र टिप्ने काममा उनीहरूको सहयोग लिने गरिएको छ । व्यावसायिक खेती विस्तारसँगै कामदारको आवश्यकता पनि बढेको उहाँले बताउनुभयो ।

गत वर्ष करिब छ हजार किलो फूल उत्पादन गर्नुभएका घिमिरेले बिक्रीबाट खर्च कटाउनुअघि करिब रु १८ लाख आम्दानी गर्नुभएको थियो । यस वर्ष पनि फूलको उत्पादन राम्रो भएको उहाँले बताउनुभयो । तर उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित नहुने उहाँको अनुभव छ । बजारको माग र मूल्यले किसानको आम्दानी निर्धारण गर्ने भएकाले उहाँ अहिले फूल बिक्रीको उचित समय पर्खिरहनुभएको छ ।

यस वर्ष तिहार केही ढिला परेकाले फूलको बिक्री र मूल्यमा असर पर्न सक्ने उहाँको अनुमान छ । उत्पादन राम्रो भए पनि तत्कालै सबै फूल बिक्री नगरी तिहारको मुखमा मूल्य बढ्ने आशासहित बजारको अवस्था पर्खिरहेको उहाँले बताउनुभयो । यस वर्ष फूलको मूल्य प्रतिकिलो करिब रु २५० पुग्ने उहाँको अपेक्षा छ ।

“उत्पादन राम्रो भएको छ । अब बजारले कस्तो मूल्य दिन्छ भन्ने भोलिको कुरा हो । हतार गरेर फूल बिक्री गरेको छैन । तिहारको मुखमा राम्रो मूल्य आउँछ कि भन्ने आशा छ”, किसान घिमिरेले भन्नुभयो । उहाँका अनुसार किसानका लागि उत्पादन गर्नु एउटा पक्ष हो भने उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्नु अर्को चुनौती हो ।

फूलको उत्पादन राम्रो भए पनि बजारमा माग र मूल्य कस्तो हुन्छ भन्ने कुरा पहिल्यै निश्चित गर्न सकिँदैन । पर्वको समयमा एकैपटक धेरै किसानको उत्पादन बजारमा पुग्ने भएकाले मूल्यमा उतारचढाव हुनसक्ने जोखिम रहने उहाँको अनुभव छ । किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित हुनसके व्यवसायलाई थप व्यवस्थित बनाउन सहज हुने उहाँले बताउनुभयो ।

स्वदेशमै फूल उत्पादन भइरहेका बेला विदेशबाट आयात हुने गरेकोप्रति उहाँको असन्तुष्टि छ । नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिनसके स्वदेशी उत्पादनको बजार विस्तार हुने र किसानलाई थप प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो । विशेषगरी तिहारका बेला स्वदेशी फूलको माग र खपत बढाउन सके स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने घिमिरेको अपेक्षा छ ।

“कहिलेकाहीँ सन्तुष्ट छु, कहिलेकाहीँ असन्तुष्ट पनि हुन्छु । नेपालका किसानलाई सम्बन्धित निकायले पर्याप्त ध्यान दिनुपर्छ । स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिएर विदेशबाट फूल आयात नगर्ने हो भने किसानलाई धेरै राहत हुन्थ्यो”, उहाँले भन्नुभयो ।

विदेशमा लामो समय बिताएर फर्किनुभएका घिमिरे अहिले आफ्नै गाउँमा कृषि व्यवसायमा रमाउनुभएको छ । उहाँका लागि फूलखेती आम्दानीको माध्यममात्र बनेको छैन, काम गर्ने इच्छा र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्ने अवसरसमेत बनेको छ । फूलको मौसममा सयपत्री र अन्य समयमा सागसब्जी तथा तरकारी उत्पादन गर्दै उहाँले वर्षभरि खेतबारीलाई व्यस्त राख्नुभएको छ ।

कृषि व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका घिमिरे अहिले उत्पादनसँगै बजारको अवस्थालाई पनि उत्तिकै महत्त्व दिनुहुन्छ । मिहिनेत गरेर उत्पादन गरेको फूलले उचित मूल्य पाउनसके किसानलाई यस क्षेत्रमा टिकिरहन सहज हुने उहाँको विश्वास छ । स्वदेशमै उत्पादन र बजारीकरणको वातावरण बन्नसके पुष्पखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सृजना गर्न सक्ने उहाँको अनुभव छ ।

  • बनेपा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

  • कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

  • विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

    विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

  • आलेखः प्रदूषित बन्दै राम्दीघाट

    आलेखः प्रदूषित बन्दै राम्दीघाट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

    विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

    विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution