Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड

सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले छ विधामा १२० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

कास्की, १६ कात्तिकः सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले छ विधामा १२० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत कार्यक्रम अनुसार वेटर÷वेट्रेस, केयर गिभर, कुक, बारिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममार्फत युवालाई बजारको मागअनुसारको व्यावसायिक सीप प्रदान गरी रोजगारीमा आबद्ध गराउनाका साथै आफैँ व्यवसाय सञ्चालन गर्न सक्षम बनाउने महानगरपालिकाको लक्ष्य छ । सीप र दक्षताको अभावमा रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सीपमूलक तालिमले व्यक्तिलाई रोजगारी खोज्ने मात्र नभई आफैँ रोजगारी सिर्जना गर्न सक्ने बनाउने बताउनुभयो । उहाँका अनुसार बजारको मागअनुसारका सीप सिकाएर युवालाई स्वरोजगार तथा उद्यमशीलतातर्फ आकर्षित गर्नु तालिमको मुख्य उद्देश्य हो ।

“तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सके सहभागीले विभिन्न सेवा क्षेत्रमा रोजगारी पाउनुका साथै आफ्नै व्यवसाय सुरु गर्न सक्ने र त्यसले बेरोजगारी न्यूनीकरणमा पनि योगदान पु¥याउने छ । विगतका वर्षहरुमा सञ्चालित यस्ता तालिम प्रभावकारी बनेका कारणले यस वर्ष पनि निरन्तरता दिएका हौँ,” प्रमुख कार्यकारी अधिकृत अधिकारीले भन्नुभयो ।

केन्द्रका अनुसार प्रत्येक विधामा २० जनाका दरले कुल १२० जनालाई तालिममा सहभागी गराइनेछ । तालिमको अवधि विधाअनुसार १६० देखि ३९० घण्टासम्म रहनेछ । बारिस्टा १६० घण्टा र सहायक ब्युटिसियन तालिम ३६० घण्टाका हुनेछन् भने अन्य चार विधाका तालिम ३९० घण्टाका हुनेछन् । तालिमका लागि इच्छुक युवा तथा युवतीले कात्तिक मसान्तसम्म आवश्यक कागजपत्रसहित निवेदन पेस गर्नुपर्नेछ ।

देशको पर्यटकीय राजधानी समेत रहेको पोखरामा तालिमबाट आतिथ्य सेवा, स्वास्थ्य हेरचाह, सौन्दर्य सेवा तथा बाल विकास लगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको महानगरले जनाएको छ ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

    मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

  • Post Thumbnail

    भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

  • म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

    म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

  • Post Thumbnail

    भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

    मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

    Post Thumbnail

    भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

    म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

    म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

    Post Thumbnail

    भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution