Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रूपन्देही

देवदहमा तीन महिने कथिन चीवर दान

रुपन्देहीको देवदहमा कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ । यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार तीनमहिने वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई पहिलो पटक कथिन चीवर दान गरिएको हो ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (२ घण्टा अघि)
देवदहमा तीन महिने कथिन चीवर दान

रूपन्देही, १६ कात्तिकः रुपन्देहीको देवदहमा कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ । यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार तीनमहिने वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई पहिलो पटक कथिन चीवर दान गरिएको हो ।

विहार व्यवस्थापन समितिका सचिव तिलविक्रम बुढाथोकीका अनुसार कार्यक्रममा २० जना भिक्षु तथा भिक्षुणी सहभागी थिए ।

विहारमा श्रीलङ्काका चन्दनन्द भन्ते र अमेरिकाका श्रामणेर सुमनाले वर्षावास गर्नुभएको थियो । कार्यक्रममा देवदह, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थान तथा भूटानबाट आएका उपासक–उपासिकाको सहभागिता रहेको थियो ।

स्थानीय पत्रकार विष्णु पोखरेलले बुद्ध शिक्षाले मानव जीवनमा मैत्री, करुणा, अहिंसा, सद्भाव र परोपकारको भावना विकास गर्न प्रेरित गर्ने बताउनुभयो । बुद्धका उपदेशलाई व्यवहारमा उतार्न सके समाजमा शान्ति, सहिष्णुता र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

बौद्ध शिक्षाकाज्ञाता टङ्क सुनारले कथिन चीवर दान बौद्ध धर्मको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा भएको बताउनुभयो । वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई चीवर दान गर्नु सङ्घप्रतिको श्रद्धा, त्याग र पुण्य सञ्चयसँग जोडिएको परम्परा भएको उहाँले उल्लेख गर्नुभयो ।

थेरवाद बौद्ध परम्परामा कथिन चीवर दानलाई अत्यन्त पवित्र र ऐतिहासिक महत्वको सङ्घदानका रूपमा लिइन्छ । वर्षायाममा तीन महिना वर्षावास बसेर साधना पूरा गरेका भिक्षु–भिक्षुणीलाई चीवर अर्थात् वस्त्र दान गर्ने परम्परालाई कथिन चीवर दान भनिन्छ । यो दान वर्षावास समाप्त भएपछि आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म गरिन्छ ।

बौद्ध परम्पराअनुसार कथिन चीवर दानको सुरुआत भगवान् बुद्धकै समयमा भएको मानिन्छ । पावाबाट आएका ३० जना भिक्षु वर्षावास पूरा गरी भगवान् बुद्धको दर्शन गर्न श्रावस्तीस्थित जेतवन विहारतर्फ जाँदै गर्दा वर्षाका कारण उनीहरूका चीवर भिजेर मैला भएका थिए । भिक्षुहरूको कठिनाइलाई ध्यानमा राख्दै भगवान् बुद्धले सङ्घको हितका लागि कथिन चीवर दानको परम्परालाई अनुमति दिनुभएको बौद्ध ग्रन्थमा उल्लेख छ ।

कथिन दान केवल वस्त्र प्रदान गर्ने कर्म मात्र नभई दान, त्याग, करुणा र सङ्घप्रतिको श्रद्धाको अभ्यासका रूपमा लिइन्छ । देवदहमा पहिलोपटक आयोजना गरिएको कार्यक्रमले यस क्षेत्रको बौद्ध सांस्कृतिक तथा आध्यात्मिक परम्पराको संरक्षण र बुद्ध शिक्षाको प्रचारप्रसारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • रूपन्देही
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

    धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

  • Post Thumbnail

    पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड

  • Post Thumbnail

    काभ्रेमा अव्यवस्थित बसोबासीले जग्गा पाउन ढिलाइ

  • चाडपर्व नजिकिँदै जाँदा सरसफाइदेखि पूजासामग्रीको किनमेल तीव्र

    चाडपर्व नजिकिँदै जाँदा सरसफाइदेखि पूजासामग्रीको किनमेल तीव्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

    धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

    Post Thumbnail

    मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छः संयोजक प्रचण्ड

    Post Thumbnail

    पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड

    Post Thumbnail

    काभ्रेमा अव्यवस्थित बसोबासीले जग्गा पाउन ढिलाइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution