
भक्तपुर, १५ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न लागिरहेको बताउनुभएको छ ।
मध्यपुरथिमि नगरपालिकास्थित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको आज अनुगमनका गर्दै मुख्यमन्त्री थापामगरले हृदयघातका बिरामीको ज्यान बचाउन भक्तपुरमा मुटु रोगको उपचार गर्ने अस्पताल आवश्यक रहेको बताउनुभएको हो ।
मुख्यमन्त्री थापामगरले नेपाल-कोरियामैत्री नगरपालिका अस्पताललाई क्याथल्याबसहितको मुटु रोग सेवा सञ्चालन गर्न आग्रह गर्दै क्याथ ल्याब सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा मुटु रोगको उपचार सुरु गर्नुपर्ने अत्यावश्यक छ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ । यस अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालन गर्नुस्, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।”
प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताउँदै उहाँले प्रत्येक नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाको उत्तिकै दायित्व रहेको बताउनुभयो । मुख्यमन्त्री थापामगरले अस्पतालले प्रवाह गरेका सबै सेवाको अनुगमन गर्नुका साथै बिरामीसँग भेट गरी अस्पतालले प्रवाह गरेको सेवा र सन्तुष्टीबारे जानकारी लिनु भएको थियो ।
अनुगमनमा अस्पतालका स्वास्थ्य निर्देशक डा डि के रौशनले अस्पतालले प्रवाह गरेको सबै सेवाका बारेमा मुख्यमन्त्री थापालाई जानकारी गराउनुभएको थियो । अस्पतालले विस्तार गरेको नयाँ बन्दै गरेको भवनको बारेमा जानकारी दिँदै उहाँले अस्पताललाई १०० शय्यामा विस्तार गर्नका लागि प्रदेश सरकारकाबाट अनुमति प्रदान गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “दक्षिण कोरिया सरकारको सहयोगमा सुविधा सम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको छ, देशभरका बिरामीको चाँप एकदमै बढ्दो छ, दैनिक एक हजारभन्दा बढी बिरामी आउँछन्, अस्पताल १०० शैयामा सञ्चालन गर्न अनमति माग गरेका छौँ, अनुमति दिन आग्रह गर्दछौँ ।”
अस्पतालको प्रशासन प्रमुख रुपेश श्रेष्ठले अस्पतालले पूरा गरेका सेवा र कार्य विवरणका बारेमा मुख्यमन्त्री थापामगरलाई जानकारी गराउनुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |