Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनकुटा

धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षणः कम मिहिनेतमै लाखौँ आम्दानी

कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन् ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (२ घण्टा अघि)
धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षणः कम मिहिनेतमै लाखौँ आम्दानी

धनकुटा, १३ कात्तिकः कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन् । जहाँ अन्नबाली उत्पादनको सम्भावना कम छ, त्यहीँ अहिले मौरीका घार राखिएका छन् । जङ्गलका रुख बिरुवा, खोलानाला र प्राकृतिक वातावरणको उपयोग गर्दै किसानले मह उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि धनकुटामा मौरीपालनप्रति आकर्षण बढ्दै गएको छ । खेती गर्न कठिन जमिनलाई समेत उपयोगमा ल्याएर आम्दानी गर्न सकिने भएपछि स्थानीय किसानका लागि मौरीपालन वैकल्पिक पेसामात्र नभई आत्मनिर्भर बन्ने माध्यम बन्दै गएको छ । थोरै जनशक्ति र तुलनात्मक रूपमा कम दैनिक श्रमबाट सञ्चालन गर्न सकिने यस व्यवसायले ग्रामीण क्षेत्रमा नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको छ ।

धनकुटा नगरपालिका वडा नं १ का दुर्गा दर्लामी यसका एक उदाहरण रहनुभएको छ । उहाँले २०७५ सालदेखि सुरु गरेको मौरीपालन अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । पाख्रिबास नगरपालिका–९ मजुवास्थित जङ्गलको बीचमा करिब १०० घार मौरीपालन गर्दै आएका दर्लामीले वार्षिक करिब छ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । प्रयोगविहीन जमिनलाई सदुपयोग गरेर नियमित आम्दानी गर्नसक्नु उहाँका लागि सन्तुष्टिको विषय बनेको छ । परम्परागत खेतीपातीबाट पर्याप्त लाभ लिन कठिन हुने ठाउँमा मौरीपालनले आम्दानीको सम्भावना देखाएको उहाँको भनाइ छ ।

दर्लामीको जस्तै अनुभव विदेशबाट फर्किएका शुक्र राईको पनि छ । वैदेशिक रोजगारीबाट फर्किएपछि उहाँले मौरीपालनमा सम्भावना देखे र यही व्यवसायलाई आफ्नो कर्मथलो बनाउनुभएको छ । सामान्य रूपमा सुरु गरेको मौरीपालन अहिले उहाँको व्यावसायिक पहिचान बनेको छ । हाल राईसँग २०० भन्दा बढी आधुनिक मौरीघार छन् । उहाँले मौरीपालनसँगै आधुनिक मौरीघार उत्पादन गर्ने उद्योगसमेत सञ्चालन गरिरहनुभएको छ । वार्षिक ५०० देखि ७०० सम्म मौरीघार निर्माण गरी मौरीसहित र घारमात्रै बिक्री गर्दै आएको उहाँको भनाइ छ । मह, मौरी र मौरीघार बिक्रीबाट उहाँले वार्षिक रु २० देखि २२ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।

प्राकृतिक वातावरणले दिएको अवसर

धनकुटाको भौगोलिक बनावट र हावापानी मौरीपालनका लागि अनुकूल मानिन्छ । विशेषगरी जिल्लाको तल्लो क्षेत्रका गर्मी हुने भूभाग, वनजङ्गल र खोला नजिकका स्थान मौरीपालनका लागि उपयुक्त देखिएका छन् । वनजङ्गलमा पाइने विभिन्न वनस्पति र फूलबाट मौरीले आहारा सङ्कलन गर्न पाउने भएकाले यस्ता क्षेत्रमा मौरीपालनको सम्भावना बढी छ । खेतीयोग्य जमिनको अभाव वा चट्टानी भूभागका कारण कृषि उत्पादन गर्न नसकिने ठाउँलाई समेत मौरीपालनमा उपयोग गर्न सकिन्छ ।

यही प्राकृतिक अनुकूलताका कारण पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा किसानले मौरीका घार विस्तार गर्न थालेका छन् । कम जमिनमा पनि सञ्चालन गर्न सकिने र अन्य कृषि गतिविधिसँगै व्यवस्थापन गर्न सकिने भएकाले यस व्यवसायले किसानको ध्यान तानिरहेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा परम्परागत तथा आधुनिक गरी ११ हजार ९३२ घारमा सेरेना जातका मौरीपालन भइरहेको छ । जिल्लामा वार्षिक करिब २९ दशमलव ६ मेट्रिकटन मह उत्पादन हुने गरेको छ । मह बिक्रीबाट मात्रै किसानले वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गरिरहेको केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताउनुभयो । उहाँले यो तथ्याङ्कले धनकुटामा मौरीपालन व्यक्तिगत आम्दानीको माध्यममा मात्र सीमित नरही जिल्लाकै कृषि अर्थतन्त्रमा योगदान पुर्याउने व्यवसायका रुपमा विकास भइरहेको देखाएको बताउनुभयो ।

महको बजार विस्तार, किसानमा उत्साह

धनकुटामा उत्पादन हुने महको बजार पनि विस्तार हुँदै गएको छ । स्थानीय बजारदेखि तराईका विभिन्न सहर र काठमाडौँ उपत्यकासम्म यहाँको मह पुग्ने गरेको छ । उत्पादित मह अन्तरराष्ट्रिय बजारसम्मसमेत पुग्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । विषादीरहित उत्पादनका रुपमा बजारमा पहिचान बनाउन सकेको धनकुटाको महप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

बजारको माग र बिक्रीको सम्भावनाले किसानलाई उत्पादन विस्तार गर्न थप उत्साहित बनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र सहिदभूमि गाउँपालिकामा जिल्लाकै बढी मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

विषादी प्रयोग चुनौती बन्दै

सम्भावना हुँदाहुँदै पनि मौरीपालन व्यवसाय चुनौतीमुक्त भने छैन । विशेषगरी जिल्लाको माथिल्लो क्षेत्रमा हुने तरकारीखेतीमा विषादीको प्रयोगले मौरीपालनमा समस्या सृजना गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रानामगर बताउनुहुन्छ । विषादीको अनुचित प्रयोगले मौरीको स्वास्थ्य र उत्पादनमा असर पार्न सक्ने भएकाले मौरीपालक किसानका लागि यो गम्भीर चुनौती बनेको छ । कृषि उत्पादन र मौरीपालनलाई सँगसँगै अघि बढाउन विषादीको सुरक्षित प्रयोग, किसानबीच समन्वय र सचेतना आवश्यक रहेको मौरीपालक किसानको भनाइ छ ।

आधुनिक प्रविधि, गुणस्तरीय घार, मौरीको स्वास्थ्य व्यवस्थापन, उत्पादनको गुणस्तर र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने किसानको भनाइ छ । कृषि ज्ञान केन्द्रले युवालाई लक्षित गरी मौरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । यसबाट कृषि क्षेत्रमा रोजगारी सृजना हुनुका साथै स्थानीय किसानको जीवनस्तर सुधारमा सहयोग पुग्ने केन्द्र प्रमुख रानामगरको भनाइ छ ।

  • काठमाडौँ
  • धनकुटा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

  • Post Thumbnail

    गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

  • आलेख : प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पर्यटकीय गन्तव्य मकवानपुर

    आलेख : प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पर्यटकीय गन्तव्य मकवानपुर

  • Post Thumbnail

    विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

    Post Thumbnail

    गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

    Post Thumbnail

    जलवायु सङ्कटसँग जुध्न विद्यार्थीलाई जागरुक बनाउँदै सभामुख यादव

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution