Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १३ कात्तिकः सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ ।

पशु सेवा विभागले काठमाडौँ उपत्यकाका लागि आठ सहसचिव सम्मिलित तीन कार्यदल तथा मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा र चितवनमा उपसचिव नेतृत्वमा १२ कार्यदल गठन गरेको हो ।

कार्यदलले सम्बन्धित जिल्लाका स्थानीय तहसँग आवश्यक समन्वय गरी व्यवसायीलाई पशुपन्छीको वध गर्नुअगाडि र गरेपछि अनिवार्य स्वास्थ्य परीक्षण, उत्पादित वस्तुलाई चिस्यान (रेफ्रिजरेसन) गराउने, मासुको तौलअनुसार प्याकेजिङ, मूल्य, आधिकारिक रूपमा सरकारी लोगो लगाउन प्रशिक्षण दिने, जनचेतना फैलाउने काम गर्नेछ ।

कार्यदलका संयोजक डा विनयकुमार कर्णले ऐन लागू भएपछि उपभोक्तालाई स्वस्थ्य र गुणस्तरीय मासु उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जनस्वास्थ्य संरक्षण कार्यालय स्थापना गरी मासु निरीक्षक तोक्न विभागले स्थानीय सरकारसँग सहकार्य गर्ने विभागका महानिर्देशक डा उमेश दाहालले जानकारी दिनुभयो ।

मासु खरिद तथा बिक्री गर्ने विषय उपभोक्ताको स्वास्थ्य र वातावरणसँग जोडिएको संवेदनशील विषय भएकाले सम्बन्धित व्यवसायीलाई पसल दर्ता, नवीकरण गर्न, सेवा प्रवाह, सङ्क्रमण फैलन नदिन अपनाउनपर्ने सावधानी, सरसफाइ तथा कारोबारको अवस्थाको अभिलेख राख्न विभागले भनेको छ । ऐनमा व्यवसायीले मासु बिक्री वितरण गर्नका निम्ति पशुको स्वास्थ्य जाँच गराएर सरकारले तोकेका वधशालामा मात्र वध गर्न पाइने व्यवस्था गरेको छ ।

  • काठमाडौँ
  • काभ्रेपलाञ्चोक
  • दोलखा
  • धादिङ
  • रामेछाप
  • सिन्धुली
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

  • Post Thumbnail

    बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

  • Post Thumbnail

    मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

  • सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

    सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

    तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

    Post Thumbnail

    झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution