Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

झापामा भूमि समस्या समाधानको कामले गति लिँदै

झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका लागि भूमि समस्या समाधान समितिले कामलाई तीव्रता दिएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

भद्रपुर (झापा), १२ कात्तिकः झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका लागि भूमि समस्या समाधान समितिले कामलाई तीव्रता दिएको छ । समितिले पछिल्लो डेढ महिनामा ३३ परिवारलाई लालपुर्जा वितरण गरेको छ भने दमक क्षेत्रका २३२ परिवारको दोहोरो स्रेस्ता संशोधनका लागि आज सार्वजनिक सूचना जारी गरेको छ ।

विगतका भूमि आयोगबाट लालपुर्जा प्राप्त गरे पनि साबिकको सरकारी स्रेस्ता बदर नहुँदा दोहोरो स्रेस्ता कायम भई अपुरो पुर्जा पाएका जग्गाधनीको समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ । सार्वजनिक सूचनामार्फत सम्बन्धित जग्गाधनीलाई सम्पर्कमा आउन आह्वान गरिएको छ । आवश्यक छानबिनपछि प्रचलित कानुनअनुसार स्रेस्ता संशोधन गरिने समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आफ्नो नेतृत्वको समितिले भूमिसम्बन्धी समस्या समाधानका लागि कार्ययोजना बनाएर काम अघि बढाएको बताउनुभयो । “प्रचलित कानुनले समाधान गर्न मिल्ने भूमिसम्बन्धी समस्यालाई प्राथमिकताका आधारमा टुङ्ग्याउने गरी काम अघि बढाएका छौँ,” उहाँले भन्नुभयो, “सबै समस्या एकैपटक समाधान गर्न सम्भव नहुने भएकाले प्राथमिकता निर्धारण गरेर काम गरिरहेका छौँ । सम्बन्धित लाभग्राहीलाई केही समय धैर्य गर्न अनुरोध गर्दछौँ ।”

समितिका अनुसार पछिल्लो डेढ महिनामा बुद्धशान्ति गाउँपालिकाका २६ परिवार र अर्जुनधारा नगरपालिकाका सात परिवारले लालपुर्जा पाएका छन् । अन्य पालिकामा रहेका जग्गासम्बन्धी समस्या समाधानका लागिसमेत आवश्यक गृहकार्य भइरहेको पोखरेलले बताउनुभयो ।

यसअघि झापाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको काम सुस्त भएको भन्दै असन्तुष्टि जनाएका थिए । लामो समयदेखि जग्गा प्राप्तिको प्रतीक्षामा रहेका नागरिकको समस्या समाधान गर्न समितिमाथि दबाब बढिरहेका बेला स्रेस्ता संशोधन र पुर्जा वितरणको काम अघि बढाइएको हो ।

झापामा जग्गा प्राप्तिका लागि ६० हजार २०० भन्दा बढीले आवेदन दिएका छन् । ठूलो सङ्ख्यामा आवेदन परेकाले छानबिन, अभिलेख व्यवस्थापन तथा कानुनी प्रक्रिया पूरा गरेर समस्या समाधान गर्नुपर्ने चुनौती रहेको प्रजिअ पोखरेलले बताउनुभयो । समितिले कानुनबमोजिम समाधान गर्न सकिने समस्यालाई प्राथमिकतामा राखेर पुर्जा वितरण तथा संशोधनको काम अघि बढाएको जनाएको छ ।

  • झापा
  • प्रतिनिधिसभा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

    ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

  • ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

  • Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

  • प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

    प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा कर्णालीलाई १८७ रनको लक्ष्य

    बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

    बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

    एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

    एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

    Post Thumbnail

    सम्भावित अर्नव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution