Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सप्तरी

मधेसमा खेलिने ‘हुक्कापाति’ को तयारी हुँदै

मधेसका जिल्लाहरूमा पितृलाई स्वर्गमा पठाउन जनविश्वाससहित खेलिने ‘हुक्कापाति’ को तयारी सुरु भएको छ । लक्ष्मीपूजाको दिन घरमा पूजा सकेर सन्ठी, सनपाट र खरले बनाएको हुक्कापाति खेल्ने चलन रहिआएकाले यहाँका स्थानीयले तयारी थालेका हुन् ।
रासस ११७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (३ घण्टा अघि)
Post Thumbnail

सप्तरी, १२ कात्तिकः मधेसका जिल्लाहरूमा पितृलाई स्वर्गमा पठाउन जनविश्वाससहित खेलिने ‘हुक्कापाति’ को तयारी सुरु भएको छ । लक्ष्मीपूजाको दिन घरमा पूजा सकेर सन्ठी, सनपाट र खरले बनाएको हुक्कापाति खेल्ने चलन रहिआएकाले यहाँका स्थानीयले तयारी थालेका हुन् ।

लक्ष्मी पूजा गर्ने बेलामा कलशमा बालिएको दियोबाट सल्काएर हुक्कापाति खेल्ने चलन परापूर्वकालदेखि रहँदै आएको मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्रले बताउनुभयो । “घरमा भएका सबै पुरुष सदस्यका लागि हुक्कापातिको व्यवस्था गरिन्छ । लक्ष्मीपूजा सकिएलगत्तै घरमूली पुरुषले अघिअघि र अन्य सदस्यले पछिपछि एउटाएउटा हुक्कापाति बोकेर बलिरहेको दियोमा सल्काउँछन् । त्यो हुक्कापाति प्रत्येक कोठामा देखाउँदै धान र दुबो छर्कने गरिन्छ । अन्त्यमा सबैले बोकेको हुक्कापाति एकै ठाउँमा बालिएको आगोमा फालेर यो खेल खेल्ने परम्परा छ”, उहाँले भन्नुभयो ।

आफूलाई सम्झना भएदेखि निरन्तर हुक्कापाति खेल्दै आए पनि किन खेलिन्छ ? भन्ने अहिलेसम्म प्रस्ट नभएको राजविराज नगरपालिका-८ का मनोज दासले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तौँदेखि खेल्दै आइएको परम्परा भएकाले यसलाई निरन्तरता दिँदै आएका छौँ । तराई-मधेसका अधिकांश युवाले अनिवार्य रूपमा हुक्कापाति खेल्दै आएका छन् । पितृलाई स्वर्गमा पठाउने जनविश्वास रहेकाले पनि यसलाई निरन्तरता दिँदै आएका हौँ ।”

प्राचार्य राजीव झाका अनुसार पितृलाई स्वर्गलोकमा पठाउन मधेसमा हुक्कापाति खेल्ने चलन रहिआएको जनविश्वास छ । “दसैँअघि हुने सोह्रश्राद्धमा पितृहरू मृत्यु लोक आएपछि लक्ष्मीपूजासम्म फर्केर गएका हुँदैनन् । उहाँहरूलाई यतै रमाइलो लाग्न थाल्छ । त्यसैले पुनः फर्किन चाहँदैनन् । उहाँहरूलाई पुनः स्वर्ग जाने बाटो देखाउनका लागि हुक्कापाति खेल्ने परम्परा चलेको जनविश्वास छ,” उहाँले भन्नुभयो । हुक्कापाति खेलिसकेपछि पितृहरू स्वर्ग लोक जाने जनविश्वास रहेकाले लक्ष्मीपूजाको दिन हुक्कापाति खेल्ने गरिएको प्राचार्य झाले बताउनुभयो ।

“अहिले पितृको क्रियाश्राद्ध कतैकतै छोरीले पनि गर्न थालेका छन् । पहिले छोराले मात्र गर्दै आएकाले हुक्कापाति खेलेर पितृलाई स्वर्ग पठाउने काममा बढी मात्रामा हाम्रा पुर्खाले छोरा मान्छेलाई सहभागी गराउँदै आएका थिए,” मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष मिश्रले भन्नुभयो । पुस्तान्तरण र संस्कृतिको संरक्षणका लागि पनि यस्ता मौलिक परम्परालाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

  • सप्तरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

    ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

  • ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

  • Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

  • Post Thumbnail

    झापामा भूमि समस्या समाधानको कामले गति लिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

    बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

    एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

    एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

    Post Thumbnail

    सम्भावित अर्नव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

    दाङमा तिहारका लागि फूल तयार

    दाङमा तिहारका लागि फूल तयार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution