Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले रासससँगको कुराकानीमा उक्त तथ्य प्रस्तुत गर्नुभएको हो ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, १२ कात्तिकः मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले रासससँगको कुराकानीमा उक्त तथ्य प्रस्तुत गर्नुभएको हो ।

‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ नाराका साथ आज नेपालमा पनि मस्तिष्कघातका दिवस मनाउन लागिएको छ । नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, “मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ, मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ, त्यसैलाई मस्तिष्कघात भनिन्छ ।”

नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम हँुदै आएको छ । डा पौडेल मस्तिष्कघातको उपचारका लागि अन्तरराष्ट्रिय मापदण्ड तय गरिँदै आएको बताउनुभयो ।

सङ्घले जर्मनीको हाइडलबर्गको युनिभर्सिटी हस्पिटलसँग पक्षघात सहकार्य गर्दै आएको छ । त्यसैगरी, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा मस्तिष्कघातसम्बन्धमा काम गर्दै आएको छ ।

डा पौडेल मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ । “विश्वमा हरेक चार जनामा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना हुन्छ, यसबाट सजग हुनुपर्छ”, उहाँ भन्नुहुन्छ ।

विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन् । प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको डा पौडेलले बताउनुभयो ।

नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ । नेपालमा अहिले मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको बताइन्छ ।

उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए चार घण्टाभित्रै अस्पताल पुग्न सके उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ । मस्तिष्कघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अतिरिक्त बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • पत्रकार शिवाकोटीद्वारा एक लाख सहयोग

    पत्रकार शिवाकोटीद्वारा एक लाख सहयोग

  • स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

    स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

  • पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

    पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

  • Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जलवायु सङ्कटसँग जुध्न विद्यार्थीलाई जागरुक बनाउँदै सभामुख यादव

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    विदेशको भोगाइ, देशप्रतिको माया र वर्तमान अवस्थाको पीडा समेटिएको मार्मिक कविता

    विदेशको भोगाइ, देशप्रतिको माया र वर्तमान अवस्थाको पीडा समेटिएको मार्मिक कविता

    नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

    नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution