Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर, १२ कात्तिकः तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् ।

विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महसुस गरेका छन् । सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आउनुभएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का सिर्जना जोशीले विगतका वर्षमा उत्पादन गरेको फूल बिक्री नहुँदा घाटा बेहोर्नुपरेको अनुभव सुनाउनुभयो । “दुई वर्षअघिसम्म फूल उत्पादन गरे पनि बजार नपाउँदा बारीमै कुहिने समस्या भोग्यौँ”, जोशीले भन्नुभयो, “गत वर्ष फूलले बजार पाएपछि राम्रो आम्दानी भयो ।” उहाँले स्थानीय प्रशासनले प्लाष्टिकका मालामा रोक लगाउनुका साथै भारतबाट आउने फूलमा रोक लगाएपछि स्थानीय फूलले बजार पाएको बताउनुभयो । “गत वर्ष फूलले बजार पाउँदा यस वर्ष खेती बढाएको छु”, उहाँले भन्नुभयो, “यस वर्ष तिहारअघि नै फूलको बुकिङ आउन थालेको छ उत्साहित छौँ”, उहाँले अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको बताउनुभयो ।

तीन सय बोट फूलको रोपेर सात वर्षअघिदेखि पुष्प व्यवसायमा लाग्नुभएका उहाँले हाल १५ कट्ठा जग्गा क्षेत्रफलमा फूलखेती गर्दै आउनुभएको छ । वार्षिक ३० हजार भाडा तिर्नेगरी १५ कट्ठा जग्गा भाडामा लिएर फूलखेती गर्दै आउनुभएको छ ।

“दोस्रो वर्ष मैले एक हजार बोट फूलखेती गरेको थिए बजार नपाउँदा सबै कुहियो, त्यसपछि अर्को वर्ष चार हजार बोट खेती गरे बिक्रीका लागि काठमाडौँ पठाउँदा बाटोमै बाटोमै कुहियो ।” पुष्प व्यवसायी जोशीले भन्नुभयो, “दुई वर्षअघि मात्रै पनि उत्पादन भएको फूल बिक्री नहुँदा २ क्वीन्टल खेर गएको थियो ।”

गत वर्ष उहाँले १० कट्ठा जग्गा क्षेत्रफलमा फूलखेती गर्नुभएको थियो । फूलले राम्रो बजार पाउँदा उहाँले राम्रो आम्दानीसमेत गर्नुभयो । “कर्मचारी र मजदुर सबैको खर्च कटाएर डेढ लाख आम्दानी भएको थियो”, उहाँले भन्नुभयो, “गत वर्ष फूलले बजार पाएपछि यस वर्ष खेती बढाएको छु ।”

विगतमा बजारमा नपाउँदा व्यरोरेको घाटा पनि यस वर्ष नाफामा परिणत हुने उहाँको अपेक्षा छ । “स्थानीयस्तरमा उत्पादन भएको फूलको बजारका लागि हामीले धेरै सङ्घर्ष गरेका छौँ ।” उहाँले भन्नुभयो, “तिहारलगायत चाडपर्व र अन्य कार्यक्रममा पनि स्थानीयस्तरमै उत्पादन भएको फूलको प्रयोग गरौँ ।” न्य परम्परागत खेतीभन्दा फूलखेतीमा तीनगुणा बढी आम्दानी हुने भएकाले फूलखेतीमा लागेको उहाँको भनाइ छ ।

यसपटक फूलको माग बढेकाले तिहारमा चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । प्रतिकिलो रु ५०० मा फूल बिक्री हुने गरेको छ ।

फूलखेतीमा राम्रो सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पनि पुष्प व्यवसायमा लाग्नुभएको छ । आफ्नै चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूलखेती गर्नुभएको छ । “अहिले स्थानीयस्तरमा उत्पादन भएको फूलको माग बढेको छ”, उहाँले भन्नुभयो, “तिहारमा फूल बिक्रीबाट रु एक लाखसम्म आम्दानी हुने अपेक्षा गरेका छौँ ।” उहाँले फूलखेतीमा रु २५ हजार लागत लागेको बताउनुभयो । यसपटक फूलले राम्रो बजार पाए अर्को वर्षदेखि खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।

तिहारमा सयपत्री फूलको माला, पूजाआजा तथा घर सजावटमा प्रयोग हुने भएकाले यसको माग पछिल्लो समय बढ्दो छ । बजारमा विवाह र सांस्कृतिक कार्यक्रममा आउने सयपत्री फूलको मागलाई लक्षित गर्दै पुष्प व्यवसायीले फूलखेती गर्दै आएका छन् ।

  • कञ्चनपुर
  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • Post Thumbnail

    जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

  • Post Thumbnail

    छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

  • Post Thumbnail

    पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो

    आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो

    Post Thumbnail

    मेची करिडोरको ठेक्का रद्द

    Post Thumbnail

    भ¥याङ चढेर कैदी भागेपछि…

    Post Thumbnail

    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution