Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ दिन अघि)
उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, १० कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, मित्रता तथा सहयोगका आधारमा निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको सामाजिक–आर्थिक विकास, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा जर्मनीले पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गर्नुभयो ।

उपराष्ट्रपति यादवले गत भदौ १० गते आएको भोटेकोशीको बाढी र विपत्तिपछि जर्मन सरकारबाट प्राप्त राहत तथा आर्थिक सहयोगका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत भोल्जले नेपाल र जर्मनीबीचको सम्बन्ध घनिष्ठ र विश्वासपूर्ण रहेको उल्लेख गर्दै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै नेपालले विपत्तिको प्रभावबाट शीघ्र पुनःउत्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाललाई विपत्तिपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा प्रदान गर्न सकिने सहयोगका सम्भावित क्षेत्रका बारेमा जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयकी संसदीय राज्यमन्त्री डा बार्बेल कोफ्लरको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको जानकारी पनि दिनुभएको थियो ।

  • काठमाडौँ
  • रसुवा
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    स्थानीयका समस्या संसद्मा उठाउने सांसद उप्रेतीको प्रतिबद्धता

  • राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

  • परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • Post Thumbnail

    एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छः अध्यक्ष ओली

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

    Post Thumbnail

    चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

    Post Thumbnail

    स्थानीयका समस्या संसद्मा उठाउने सांसद उप्रेतीको प्रतिबद्धता

    Post Thumbnail

    नभसुरक्षामा नेपाली सेना सक्रिय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution