Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ८ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार असोजमा विद्यालयमा प्रशिक्षणका २४, सचेतना कक्षाका ४२७, चालक तथा सहचालक लक्षित एक हजार ६०६, रात्रिकालीन सचेतनाका दुई हजार २५२ र अन्य एक हजार १२५ गरी कुल पाँच हजार ४३४ कार्यक्रम सञ्चालन गरिएका हुन् । ती कार्यक्रममार्फत चार लाख ३६ हजार २४३ जनालाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको उहाँको भनाइ छ ।

विद्यालयमा आयोजित प्रशिक्षणमा तीन हजार ५१७, सचेतना कक्षामा चार हजार ७०, चालक तथा सहचालक लक्षित कार्यक्रममा एक लाख १५ हजार ३८६, रात्रिकालीन सचेतना कार्यक्रममा एक लाख तीन हजार ८६० र अन्य कार्यक्रममा दुई लाख नौ हजार ४१० जना सहभागी भएका कार्यालयले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । यस्ता अभियानले सर्वसाधारण नागरिक, विद्यार्थी तथा सवारी चालक र सहचालकलाई ट्राफिक नियमबारे जानकारी दिनुका साथै सुरक्षित यात्रा गर्ने तरिकासम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको कार्यालयको भनाइ छ ।

ट्राफिक प्रहरी प्रमुख काफ्लेले काठमाडौँ उपत्यकामा सञ्चालित जनचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गएको जानकारी दिँदै लाखौँ नागरिकलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे जानकारी गराउँदा सडकमा जिम्मेवार व्यवहारको विकास गर्न एवं सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा ट्राफिक जनचेतनामूलक कार्यक्रम निकै प्रभावकारी बनेको छ । हामीले लाखौँ नागरिकलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिन सफल भएका छौँ । यसले सडक दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।”

ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई नियमको पालना गर्न, मादक पदार्थ, लागुपदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन तथा पैदलयात्री र अन्य सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

  • Post Thumbnail

    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

  • Post Thumbnail

    बर्जुमा बोराभित्र पुरुषको शव फेला

  • घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

    घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल

    कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल

    Post Thumbnail

    बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

    Post Thumbnail

    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

    Post Thumbnail

    बर्जुमा बोराभित्र पुरुषको शव फेला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution