Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतबार (२ घण्टा अघि)
घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

म्याग्दी, ८ कात्तिकः पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ ।

मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । दसैँतिहारको बिदा मनाउन र प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो गन्तव्य पर्न थालेको हो ।

दसैँअघि सुनसान बनेको घोडेपानी पुनहिलमा पछिल्ला दिनमा पाहुनाको आगमन बढ्न थालेको घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

“विपद्का कारण असोज महिनामा सुनसान भएको थियो”, उहाँले भन्नुभयो, “कात्तिक महिनाको सुरुआतसँगै दैनिक २०० जना विदेशी र ५० जनाको हाराहारीमा नेपाली पर्यटक आएका छन् ।”

पोखराबाट घुम्न आएका सन्तोष बरालले घोडेपानी–पुनहिलको प्राकृतिक सौन्दर्यले मोहित बनाएको बताउनुभयो । सहरको व्यस्त दैनिकीबाट केही समय टाढा रहेर हिमाल, वनजङ्गल र शान्त वातावरणमा रमाउन पाएको उहाँले बताउनुभयो । चाडपर्वको बिदालाई घुमफिर र नयाँ अनुभवका लागि उपयोग गर्ने चलन बढेको छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल घोडेपानीको प्रमुख आकर्षण हो । यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मानापाथी, माछापुच्छ«े, मनास्लु र बराह शिखरलगायत १५ भन्दा बढी हिमाली टाकुराको अवलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला टाढाटाढासम्म फैलिएका हिमशृङ्खला आँखैअघि उभिएझैँ देखिने स्थानीय व्यवसायी सुरेश पुनले बताउनुभयो ।

सूर्योदयसँगै सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि पनि पर्यटक यहाँ पुग्ने गर्छन् । बिहान पुनहिलमा सूर्योदय हेरेपछि पर्यटक घोडेपानी फर्केर आसपासका वनजङ्गल, गाउँबस्ती र प्राकृतिक सम्पदाको अवलोकन गर्छन् । शान्त वातावरण र हरियालीले यात्राको थकान बिर्साउन सहयोग गर्ने पोखराकी रोजी श्रेष्ठले बताउनुभयो ।

“बिहान हिमालमा उदाउने सूर्य, दिनभरि देखिने हिमशृङ्खला र प्रकृतिको शान्त वातावरणले लोभ्यायो”, उहाँले भन्नुभयो, “प्रकृति प्रेमीहरूका लागि घोडेपानी–पुनहिललाई चाडपर्वको बिदा मनाउने र छोटो पदयात्रा गर्ने पर्यटकको लागि उपयुक्त छ ।”

घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी व्यस्त भएका छन् । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटलहरू छन् । चाडपर्वको बिदा र अनुकूल मौसमका कारण आगामी दिनमा पर्यटक अझै बढ्ने अपेक्षा गरिएको होटल व्यवसायी पुनले बताउनुभयो ।

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी–पुनहिल छोटो अवधिको पदयात्राका लागि पनि लोकप्रिय छ । पोखराबाट कास्कीको नयाँपुल हुँदै उल्लेरीको बाटो पदयात्रा गरेर यहाँ पुग्न सकिन्छ । म्याग्दीको पोखरेबगर, घार र शिख हुँदै सडकमार्गबाट पनि घोडेपानी पुग्न सकिन्छ । घोडेपानीबाट करिब आधा घण्टाको पैदल यात्रापछि पुनहिल पुगिन्छ ।

पर्यटक पथप्रदर्शक सुन्दर बन्जाराका अनुसार यहाँको मुख्य आकर्षण हिमाली दृश्य र सूर्योदय हो । अनुकूल मौसममा एकै स्थानबाट धेरै हिमालको अवलोकन गर्न पाइने भएकाले पर्यटक घोडेपानी–पुनहिलप्रति आकर्षित हुने गरेका छन् ।

घोडेपानी र पुनहिलको पर्यटन इतिहास पनि रोचक छ । कुनै समय स्थानीय किसानको चरन क्षेत्र रहेको लुङटुङ डाँडा अहिले पुनहिलका नामले विश्व पर्यटन बजारमा परिचित छ । भारतीय सेनाबाट सेवा निवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले यस डाँडाको नामकरण गरी पर्यटन विकासको जग बसालेको स्थानीय व्यवसायी बताउँछन् । उहाँको स्मृतिमा पुनहिलमा दृश्यावलोकनस्थलसमेत निर्माण गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको प्रचारप्रसारले अन्तरराष्ट्रियस्तरमा विस्तार पाएको हो । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र स्थानीय संस्कृति यहाँका थप आकर्षण हुन् ।

पछिल्लो समय विभिन्न क्षेत्रमा आएको बाढीपहिरोले नेपालको पर्यटन क्षेत्रमा असर पारेको भए पनि घोडेपानी–पुनहिल, घान्द्रुक र अन्नपूर्ण आधार शिविर क्षेत्रमा प्रत्यक्ष असर नपरेको पर्यटन व्यवसायीले बताएका छन् । विपद्बाट प्रभावित क्षेत्रका कारण समग्र नेपालको पर्यटन असुरक्षित रहेको सन्देश जान नदिन सुरक्षित गन्तव्यको वास्तविक अवस्था प्रचारप्रसार गर्नुपर्ने उनीहरूको भनाइ छ ।

  • कास्की
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

  • Post Thumbnail

    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

  • Post Thumbnail

    बर्जुमा बोराभित्र पुरुषको शव फेला

  • Post Thumbnail

    ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

    Post Thumbnail

    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

    Post Thumbnail

    बर्जुमा बोराभित्र पुरुषको शव फेला

    Post Thumbnail

    एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution