Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
डडेल्धुरा

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आउनुभएको छ । उहाँले यो कामबाट मासिक रु २५ हजार बचाउनु हुन्छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतबार (१ दिन अघि)
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा, ८ कात्तिकः अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आउनुभएको छ । उहाँले यो कामबाट मासिक रु २५ हजार बचाउनु हुन्छ । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उहाँले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आउनुभएको हो । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उहाँ बताउनुहुन्छ ।

घरको जेठो छोरा रहनुभएका दीपकका भाइ पनि पढ्दै हुनुहुन्छ । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उहाँले सुनाउनुभयो । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उहाँको लक्ष्य छ ।

दीपकजस्तै अमरगढी –७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आउनुभएको छ । विगत छ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएका उहाँले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थाल्नुभएको थियो । हाल यसैलाई मुख्य पेसा बनाउनुभएको छ ।

शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक रु २५ हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ । उहाँले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताउनुभयो । आठ जनाको समूहमा काम गर्दै आउनुभएका उहाँले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गर्नुभएको छ । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उहाँको भनाइ छ ।

यसैगरी, अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न हुनुहुन्छ । रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किनुभएका उहाँले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गर्नुभएको हो । करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी हुनुहुन्छ । उहाँले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाव दिनुभएको छ ।

यी युवाको अनुभवले पढाइ र रोजगारीलाई सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पु¥याउन सक्ने देखाउँछ । स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।

  • डडेल्धुरा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

  • Post Thumbnail

    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • Post Thumbnail

    खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

    गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

    गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

    तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

    तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

    Post Thumbnail

    कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution