Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ८, शनिबार (१ दिन अघि)
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ, ७ कात्तिकः दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या घटेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि बेनी-जोमसोम सडकमार्ग हुँदै पर्यटक मुस्ताङ आउने सङ्ख्या बढेको छ ।

यसवर्ष घटस्थापनादेखि विजया दशमीको दिनसम्म बेनी-जोमसोम सडकमार्गबाट पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये पुरुष तीन हजार ७३८ र महिला एक हजार ९२५ जना रहेका थिए । प्रहरी निरीक्षक ईश्वर महतका अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिदा चार हजार ४०९ अर्थात् (७७ दशमलव ८५) प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

प्राकृतिक विपद्का कारण बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकोमा दसैँपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । प्रहरी निरीक्षक महतका अनुसार दसैँपछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । दसैँ टिकापछिको पहिलो दिन बिहीबार तीन हजार ३३ जना र दोस्रो दिन शुक्रबार चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । दसैँपछि मुस्ताङ भ्रमण गर्ने दैनिक औसत क्रमशः वृद्धि हुँदै जान थालेको प्रहरी निरक्षक महतको भनाइ छ । चालु वर्षको साउनमा तीस हजार ५३४ जना, भदौमा बीस हजार २६८ जना र असोज महिनामा अठार हजार ६०१ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

दसैँ–तिहार बिदामा मुस्ताङमा पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ । दसैँ बिदामा विदेशबाट स्वदेश फर्किएका र दसैँ बिदाको अवसर पारेर निजामती कर्मचारी, बैंक तथा वित्तिय संस्थालगायत देशका विभिन्न भागमा मुस्ताङ भ्रमण गर्न पर्यटक मुस्ताङ आउने गर्छन । यसपटक पनि दसैँ-तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति वृद्धि हुनेमा यहाँमा पर्यटन व्यवसायी विश्वस्त रहेका छन् ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरलानाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल, टिटी ताल लगायतका यहाँका दर्जनौँ पर्यटक गन्तव्यहरू रहेका मुस्ताङमा पर्यटकको आकर्षण बढ्दो रहेको छ ।

यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधिता, हिमाली भू–दृश्य र प्राकृतिक सौन्र्दयताले मुस्ताङमा पर्यटक उपस्थिति हुने गरेको छ । भोटेकोशी बाढी घटना र बेनी-जोमसोम अवरुद्धका कारण सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ ।

  • मुस्ताङ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

  • Post Thumbnail

    बर्जुमा बोराभित्र पुरुषको शव फेला

  • Post Thumbnail

    ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

  • घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

    घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

    Post Thumbnail

    बर्जुमा बोराभित्र पुरुषको शव फेला

    Post Thumbnail

    एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

    Post Thumbnail

    ‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution