Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मनाङ

स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेँसीसहर–चामे सडक सञ्चालन

मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

मनाङ, ६ कात्तिकः मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।

हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै सो सडक खुलाएको हो ।

दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो । सडकखण्डको केही ठाउँमा आधार संरचना पनि क्षतिग्रस्त भएको अवस्थमामा मर्मतसम्भारपछि बेँसीसहरदेखि चामेसम्मको प्रभावित यातायात सेवा सञ्चालन गर्न सकिएको बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्पछि कम्पनीले तत्काल उपकरण र जनशक्ति परिचालन गरी क्षतिग्रस्त सडकखण्ड मर्मत तथा पुनःस्थापनाको काम थालेको हो ।

“अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरी करिब ६० किलोमिटर बेँसीसहर–चामे सडक छ दिनमै सञ्चालनमा ल्याउन सफल भएका छौँ,” प्रधानले भन्नुभयो, “चामेनजिक रहेको एक खोलामा गेग्रानसहित आएको बाढीपहिरोले मुख्य नदीको बहाव अवरुद्ध गरी ताल बनाएको थियो । सरकारसँग सहकार्य गर्दै कम्पनीका तर्फबाट एक्स्काभेटरलगायतका उपकरण परिचालन गरी उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक डिजेल र अन्य सामग्री पनि उपलब्ध गराएर सडक सञ्चालनमा ल्याउन सकिएको हो ।”

सो सडकखण्डको मर्मतसम्भार तथा आपत्कालीन पुनःस्थापनाका लागि यसअघि पनि विभिन्न उपकरण र जनशक्ति परिचालन गर्दै आएको कम्पनीले जनाएको छ । उक्त सडक सञ्चालन भएसँगै मनाङका १३ गाउँका करिब पाँच हजार ६०० नागरिक लाभान्वित भएका छन् ।

  • मनाङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

  • Post Thumbnail

    रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

  • Post Thumbnail

    स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

  • Post Thumbnail

    हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

    भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

    भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

    Post Thumbnail

    रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

    Post Thumbnail

    सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution