Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, ६ कात्तिक : काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ । एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ ।

मेलाको तयारीका लागि कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिरमा सरसफाइलगायत कार्य सुरु भएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ–संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रमा सरसफाइ गरिएको हो ।

अहिले मन्दिरलाई सिँगारिएर चिटिक्क बनाइएको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ तथा अर्धनारेश्वरसमेत भनिन्छ ।

परिवारमा सुख, समृद्धि प्राप्त हुनाका साथै भय, रोग र विघ्नबाट मुक्त हुने विश्वासका साथ लाग्ने मेलामा यस वर्ष करिब दुई लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

हिन्दु तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको आदिनाथलाई हिन्दु धर्मावलम्बीले शिव शक्तिका प्रतीक र बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतीकका रुपमा पूजाआजा गर्ने चलन छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

  • Post Thumbnail

    मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

  • मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

  • Post Thumbnail

    धान थन्काउन किसानलाई चटारो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    Post Thumbnail

    तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

    Post Thumbnail

    मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution