Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्नु भएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार (२ घण्टा अघि)
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा(बाँके),६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्नु भएको छ ।

गाउँका धेरै युवाहरु वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गर्नुभएको छ ।

रु तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गर्नुभएका उहाँले धानबालीको मुख्य याममा मात्रै सम्पूर्ण खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने बताउनुभयो । उहाँले थ्रेसर मेसिन सञ्चालन गरेबापत प्रतिघण्टा रु दुई हजार ५०० वा एक क्विन्टल धान बराबर १२ किलो धान सेवा शुल्कबापत लिने गर्नुभएको छ ।

“विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्नुहुन्छ”, आफ्नो व्यवसायको अनुभव सुनाउँदै शेखले भन्नुभयो, “थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली सजिलै थन्क्याउन सकिन्छ ।”

थ्रेसर मेसिनमा पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने कुनै झन्झट हुँदैन । काम छिटो, खर्च कम र समयको भारी बचत हुने भएकोले गाउँका सबै किसानले थ्रेसर मेसिन प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

केहि वर्ष अघिसम्म गाउँकमा सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेत–खेतमा थ्रेसर मेसिन पु¥याउनु पर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ ।

गाउँमा सुरुमा आफुले थ्रेसर मेसिन सञ्चालन गरेपनि अहिले अन्य गाउँबाट समेत किसानले मेसिन मगाउने भएकोले प्रतिष्पर्धा हुने गरेको छ । यतिबेला धान झार्ने सिजनमा बिहान ५ बजेदेखि राती १२ बजेसम्म पनि किसानको खेतमै थ्रेसर पु¥याउने गरेको अमजतले बताउनुभयो ।

बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती प्रणालीलाई एकाएक सहज बनाइदिएको छ । नेपालगञ्ज–१९ सुईया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री विगत एक दशकदेखि जोत्नका लागि ट्याक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आउनुभएको छ ।

त्यसअघि अर्मपर्म तथा खेताला लगाएर खेती गर्ने उहाँको अनुभवमा प्रविधिले कामलाई पूर्ण रूपमा बदलिदिएको छ । “गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन”,उहाँले भन्नुभयो, “मजदुरी लगाउँदा समय धेरै लाग्छ । तर थ्रेसर लगाउँदा बिनाझन्झट समयमै धान भित्राउन पाइन्छ । पैसा भएपछि रोप्नदेखि उत्पादन भित्राउनसम्म धेरै सजिलो भएको छ ।”

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज

  • Post Thumbnail

    प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

  • दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली

    दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

  • Post Thumbnail

    सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जीप सफारीमा बन्दीपुर घुम्न कि

    Post Thumbnail

    यसवर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो

    Post Thumbnail

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    Post Thumbnail

    यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution