
खोटाङ, ५ कातिकः विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उहाँका दुईवटा घर जलेर नष्ट भएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहनुभएका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन् । जस्तापाताको छाना तथा ढुङ्गा÷माटोले बनेको दुइतले घरमा विद्युत्को फल्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
रातको समयमा भएको आगलागी जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिनुभयो । आगलागीबाट कृष्णकुमारको दुईवटा घर तथा घरभित्र रहेको नगद रु २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यन्न, महत्वपूर्ण कागजातलगायत जलेर नष्ट भएको जनाइएको छ ।
आगलागीका घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |