Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

ललितपुर, ४ कात्तिक, पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

ललितपुर, ४ कात्तिक, पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ ।

विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पु¥याएका थिए ।

नेवार समुदायको प्राचीन तथा पवित्र सांस्कृतिक परम्परामध्ये एक हो । सांस्कृतिक परम्परा, देवीपूजा र नृत्यको सङ्गम बनेको यस नाचले पाटन दरबार क्षेत्रलाई आज रंगीन र भक्तिमय बनाएको थियो ।

ठेचोका नवदुर्गा गुठीका सदस्य विकास मालीका अनुसार यो नाच बर्सेनि देवीको शक्तिपूजा तथा सामुदायिक एकताको प्रतीकका रूपमा मनाइन्छ । ठेचोबाट नवदुर्गा भगवानीलाई मंगलबजार पु¥याएर मानमानेश्वरीलाई फूल चढाउने परम्परा छ ।

मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सदस्य माधवश्याम शर्माका अनुसार मानमानेश्वरी देवीको निमन्त्रणमा ठेचोबाट नवदुर्गालाई पाटन मङ्गलबजार ल्याउने प्राचीन परम्परा रहेको छ ।

“यसरी निमन्त्रणा गरिएको नवदुर्गा श्री भवानीका देवगणद्वारा मङ्गलबजारको चौबाटोमा मानमानेश्वरी भवानीलाई भेट गरी माल्यार्पण गर्ने परम्परा छ, त्यसपछि नवदुर्गा भवानी तर्फबाट भैरव, बाराही र कालीले मानमानेश्वरी भवानीलाई फूल चढाएर विमिरो उपहार दिने प्रचलन छ”, शर्माले भन्नुभयो ।

समितिका सदस्य शर्माका अनुसार अष्टमातृका र नवदुर्गाबीच सासुबुहारीको जस्तो सम्बन्ध रहेको छ । पाटन दरबार सङ्ग्राहलयको ऐतिहासिक मूलचोकमा प्राचीन लयमा ठेचोका देवगणहरूले परम्परागत विधिअनुसार नवदुर्गा नाचको प्रस्तुतिसँगै यो वर्षको दसैं औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ ।

प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णीमाका दिन मङ्गलबजारमा दुईपटक प्रदर्शन हुने यो नाच लिच्छवीकालीन परम्परासँग जोडिएको छ । नाचअघि ११ देवगण, ३ जना नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवता घरमा विशेष पूजा गरी आशीर्वाद लिएका थिए । यो विधिले केवल धार्मिक आस्था मात्र होइन, संस्कृतिको निरन्तरताको प्रतीक पनि बोकेको मानिन्छ ।

लिच्छवी राजा मानदेवका इष्टदेवी मनमानेश्वरी (पुरानो तलेजु) सँग सम्बन्धित यो नाच पाटन क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा जिवित रहँदै आएको छ । प्रत्येक वर्षको यो प्रदर्शनले नयाँ पुस्तालाई पुरानो सभ्यतासँग जोड्ने सेतुको काम गरेको बताउनुहुन्छ स्थानीय सुनिल महर्जन ।

  • बारा
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

  • घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

  • Post Thumbnail

    पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

  • पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

    पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    Post Thumbnail

    यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution