
काठमाडौँ, ४ कात्तिक : नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् ।
नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहआयोजक रहेको छ । प्रतियोगितामा नेपालले समूह चरणमा भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग खेल्नेछ ।
नेपालले पहिलोपटक यु–१९ विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो । –––

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |