Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागलुङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बाढीपहिरोले क्षति पुर् याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (६ घण्टा अघि)
Post Thumbnail

बागलुङ, ३१ असोजः बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ ।

यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले जिल्लाका सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो । मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, प्रदेशस्तरीय तथा ग्रामीण सडक अवरुद्ध भएका थिए । क्षतिग्रस्त सडकमा अस्थायी मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, बागलुङ–बेनी सडक तथा मध्यपहाडी लोकमार्गको गलकोट र निसीखोला खण्डमा मर्मतपछि यातायात सञ्चालन भएको छ । मालढुङ्गा पुलको पहुँचमार्ग १५ दिनपछि र गलकोट–ताराखोला सडक १७ दिनपछि सञ्चालनमा आएको थियो ।

सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्गमा करिब रु ३० करोडको क्षति भएको सुवेदीले बताउनुभयो । मध्यपहाडी लोकमार्गको निसीखोला र गलकोट खण्डमा सबैभन्दा बढी क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गको निसीखोलास्थित कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडक बगाएर बगरमा परिणत भएको थियो । ती स्थानमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । घोडाबाँधे–हटिया खण्डमा पनि एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको र सडक भासिएको थियो । कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाट क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको थियो । ती स्थानमा अस्थायी पहुँचमार्ग निर्माण तथा मर्मत गरेर यातायात सञ्चालन गरिएको छ । बागलुङ बजारदेखि सिँगाना र तित्याङ जाने सडकमा पनि पहिरोले क्षति पुर्‍याएको थियो । अवरुद्ध ग्रामीण सडक स्थानीय तहले मर्मत गरेर सञ्चालनमा ल्याएका छन् ।

पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख अनुप थापाका अनुसार प्रदेश सरकारअन्तर्गतका सडकमा करिब रु २० करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । सबैभन्दा बढी क्षति गलकोट–हरिचौर–ताराखोला सडकमा पुगेको उहाँले बताउनुभयो ।

उक्त सडकको आठ किलोमिटर खण्डमा एक दर्जन स्थानमा पहिरो गएको थियो भने तीन स्थानमा ताराखोलाले कालोपत्र सडकको ट्र्याक नै बगाएको थियो । ती स्थानमा माटो भरेर अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ ।

जिल्लाका राष्ट्रिय, सहायक तथा प्रदेशस्तरीय सडकमा गरी करिब रु ५० करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिग्रस्त सडकको दीर्घकालीन पुनर्निर्माणका लागि रु एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । तत्कालका लागि कटिङ, फिलिङ र अस्थायी पहुँचमार्ग निर्माण गरेर सडक सञ्चालनमा ल्याइए पनि स्थायी पुनर्निर्माणको काम भने बाँकी छ ।

  • बागलुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

    सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

  • Post Thumbnail

    विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

  • Post Thumbnail

    दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

  • सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

    सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लमजुङ कालिका मन्दिरमा नगरा बजाउँदै परियार समुदाय

    लमजुङ कालिका मन्दिरमा नगरा बजाउँदै परियार समुदाय

    Post Thumbnail

    फ्रान्समा महँगीविरुद्ध जनआक्रोश, देशभर प्रदर्शन

    Post Thumbnail

    पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि

    Post Thumbnail

    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution