Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, ३१ असोजः पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ ।

असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कबिच्छेद भएको पाउद्वारमा बेनीदेखि नेपाली सेनाको हेलिकप्टरले १०० केभिए क्षमताको ट्रान्सफर्मर ढुवानी गरेको हो । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्वारमा पैदल र सडक मार्गबाट जान सम्भव नभएपछि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिनुभयो ।

“जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको हो”, उहाँले भन्नुभयो, “स्थलमार्गबाट पुगेका प्राविधिक र स्थानीयले मर्मतको काम गरेका छन् । हामीले शनिबार नै ट्रान्सफर्मर जडान र परीक्षण गरी विद्युत् आपूर्ति सञ्चालन गराउने प्रयासमा छौँ ।”

पाउद्वारको छिमेकी गाउँ किन्दुमा पनि आजै विद्युत् आपूर्ति गराउने लक्ष्यसहित प्राविधिक टोलीले काम गरिरहेको छ । नेपाने, गिवाङमा भने पैदलमार्गसमेत नभएकाले दसैपछि मर्मत गरिने वितरण केन्द्रका प्रमुख गामीले बताउनुभयो । म्याग्दी वितरण केन्द्रका अन्य ठाउँहरुमा विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ ।

भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्वारका १७० घरपरिवार बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन् । सडक, घोरेटो बाटो र विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् ।

“घर भत्किएका र बस्न नमिल्ने घरका २२७ जनालाई शिख र घारमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ”, उहाँले भन्नुभयो, “बिजुली आयो अब खानेपानी, सडक र पैदलमार्ग गाउँको तत्कालीन आवश्यकता छ ।”

  • नेपाली सेना
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

  • सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

    सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

  • Post Thumbnail

    दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

  • सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

    सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    करेन्ट लागेर महिलाको मृत्यु

    Post Thumbnail

    अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

    Post Thumbnail

    म्याग्दीको बेनी–दरबाङ सडक बन्द

    Post Thumbnail

    राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution