Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रूपन्देही

पर्यटन विकासको सम्भावना बोकेको बुद्धकालीन रोहिणी सभ्यता ओझेलमा

रूपन्देहीको पूर्वी क्षेत्रमा बग्ने रोहिणी नदी नाम प्राकृतिक जलस्रोत मात्र नभई बुद्धकालीन इतिहास, सभ्यता र शान्तिको सन्देशसँग जोडिएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (१ दिन अघि)
Post Thumbnail

रूपन्देही, ३१ असोज : रूपन्देहीको पूर्वी क्षेत्रमा बग्ने रोहिणी नदी नाम प्राकृतिक जलस्रोत मात्र नभई बुद्धकालीन इतिहास, सभ्यता र शान्तिको सन्देशसँग जोडिएको छ ।

प्राचीन शाक्य र कोलिय गणराज्यबीचको जलविवाद र भगवान् गौतम बुद्धले दिनुभएको शान्तिको सन्देशसँग सम्बन्धित यस नदीको ऐतिहासिक महत्त्व रहे पनि यसको पर्याप्त खोज, अनुसन्धान, संरक्षण र पर्यटकीय विकास हुन सकेको छैन ।

पहाडी क्षेत्रबाट उद्गम भई रूपन्देहीको देवदह, तिलोत्तमा, ओमसतिया र रोहिणी गाउँपालिकाका विभिन्न क्षेत्र हुँदै भारततर्फ बग्ने रोहिणी नदीले यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको छ । नदी आसपासको प्राचीन सभ्यता र बुद्धकालीन घटनासँगको सम्बन्धलाई उजागर गर्न सके यसले लुम्बिनी क्षेत्रको बौद्ध पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्ने सम्भावना छ ।

बौद्ध इतिहासका अनुसार रोहिणी नदीको पानी बाँडफाँटलाई लिएर शाक्य र कोलिय गणराज्यबीच विवाद उत्पन्न भएको थियो । खेतीपातीका लागि पानी उपयोग गर्ने विषयमा सुरु भएको विवाद युद्धको अवस्थासम्म पुगेपछि बुद्धले हस्तक्षेप गरी मानवजीवनको मूल्य पानीभन्दा ठूलो रहेको सन्देश दिनुभएको बुद्ध त्रिपिटकमा उल्लेख छ । पानीका लागि मानव जीवन समाप्त गर्नु उचित नहुने सन्देशमार्फत उहाँले दुवै पक्षलाई युद्धबाट पछि हट्न प्रेरित गर्नुभएको थियो ।

यस प्रसङ्गले रोहिणी नदीलाई जलस्रोतका रूपमा मात्र नभई शान्ति, सहअस्तित्व र विवाद समाधानको प्रतीकका रूपमा समेत महत्त्वपूर्ण बनाएको छ । यही ऐतिहासिक पक्षलाई आधार बनाएर नदीसँग सम्बन्धित सभ्यताको अध्ययन र प्रवर्द्धन गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख दयानिधि गौतमका अनुसार रोहिणी नदी बुद्धकालीन सभ्यता र इतिहाससँग जोडिएको महत्त्वपूर्ण नदी हो । यससँग सम्बन्धित ऐतिहासिक घटनाको अध्ययनले बुद्धको शान्ति र मानवतावादी दर्शनलाई बुझ्न सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले रोहिणी सभ्यताको खोज, अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको पहिचान गरी पर्यटकीय स्थलका रूपमा विकास गर्न सके बौद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

स्थानीय सञ्चारकर्मी अञ्जना चौहानले रोहिणी सभ्यतालाई लुम्बिनीसँग जोडेर विश्वस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो । यसका लागि राज्यले रोहिणी नदीको ऐतिहासिक महत्त्व पहिचान गर्दै संरक्षण, प्रचारप्रसार र पर्यटन विकासमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

बुद्ध अनुसन्धानका ज्ञाता सुरज घिमिरेका अनुसार रोहिणी नदीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व उजागर गर्न प्रामाणिक अनुसन्धान र संरक्षण आवश्यक छ । लुम्बिनी, देवदह र प्राचीन कपिलवस्तुसँग जोडेर रोहिणी सभ्यताको अध्ययन तथा पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रलाई अन्तरराष्ट्रिय बौद्ध पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

रोहिणी नदीको ऐतिहासिक पहिचान स्थापित गर्न नदीको उद्गम, प्राचीन बस्ती, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक सम्पदाको अनुसन्धान आवश्यक देखिन्छ । स्थानीय तह, लुम्बिनी विकास कोष, विश्वविद्यालय तथा अनुसन्धानकर्ताबीच सहकार्य गरी संरक्षण र पर्यटन विकासका योजना अघि बढाउन सके बुद्धले दिनुभएको शान्ति र सहअस्तित्वको सन्देश बोकेको रोहिणी सभ्यतालाई विश्वसामु चिनाउन सकिने अपेक्षा गरिएको छ ।

  • कपिलवस्तु
  • रूपन्देही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण

  • सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

  • Post Thumbnail

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • जुम्लामा मार्सीधान  काट्ने चटारो

    जुम्लामा मार्सीधान काट्ने चटारो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण

    सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    Post Thumbnail

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    Post Thumbnail

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution