Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ ।
रासस ३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

कास्की, ३१ असोजः सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ ।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल निर्माण भइरहेका छन् । अपस्ट्रिम र डाउनस्ट्रिम नामका दुवै पुल १९० मिटर लम्बाइका छन् । पुल निर्माणका लागि २०७९ साल भदौ २६ गते रु एक अर्ब सात करोडमा ठेक्का सम्झौता भएको थियो ।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणका क्रममा देखिएका अवरोध हटिसकेकाले निर्धारित म्यादभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

“पुल अब म्यादभित्रै सम्पन्न हुन्छ । काममा कुनै अवरोध छैन । घरटहराको मुआब्जालगायत विषयसमेत टुङ्गो लागेर सम्बन्धित व्यक्तिले रकम बुझिसक्नुभएको छ”, आयोजना प्रमुख कुँवरले भन्नुभयो ।

निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सम्पन्न भइसकेको छ भने चारवटा टावर (पाइलन) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब मुख्य रूपमा स्टे केबलमा तनाव दिने (स्ट्रेसिङ) काममा ध्यान केन्द्रित गरिएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो । हाल पुल निर्माणको म्याद आगामी फागुन २१ गतेसम्म कायम छ ।

आयोजना प्रमुख कुँवरले चीनबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने र चिनियाँ कामदारबाट इन्जिनियरिङबाहेकका काम गराउन कठिन हुने अवस्थाले निर्माणमा ढिलाइ भएको बताउनुभयो । निर्माण सामग्री चीनबाट ल्याउन भएको ढिलाइ र खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्नेलगायत समस्याले पनि काम प्रभावित भएको थियो ।

त्यसैगरी, सेती नदीको उत्तरी भागमा सडक पहुँच व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी समस्याले पनि निर्माणमा अवरोध सिर्जना गरेको थियो । एसियाली विकास बैंकको नीतिअनुसार सम्बन्धित जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच उपलब्ध गराउनुपर्ने भएपछि दुईवटा घर भत्काउनुपरेको थियो ।

“जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन । लामो प्रयासपछि उहाँहरू सहमतिमा आउनुभयो । अब पुलको माथिल्लो भागमा समेत काम गर्न समस्या छैन”, कुँवरले भन्नुभयो ।

हालको पुल २०३२ मा निर्माण गरिएको हो । यो पुल साँघुरो भएपछि त्यसको दायाँ र बायाँतर्फ थप एक–एकवटा पक्की पुल निर्माण थालिएको हो ।

  • कास्की
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘विजयादशमीले सद्भाव र एकताको सन्देश दिन्छ’

    Post Thumbnail

    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution