Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बडादसैँको शुभकामना

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ३१ असोजः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उहाँले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भनी शुभेच्छा प्रकट गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

दसैँ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको मौलिक पर्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रुपमा मनाइने तथा मान्यजनबाट टीका र जमरा ग्रहणसँगै आशिर्वाद लिने परम्पराले पनि यस पर्वको महत्व बढेको बताउनुभएको छ ।

“घटस्थापनादेखि विजयादशमीसम्मका धार्मिक अनुष्ठान, मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा तथा पारिवारिक पुनर्मिलनले हाम्रो सांस्कृतिक विरासत, आत्मीयता र पुस्तान्तरण हुँदै आएका संस्कारलाई जीवन्त बनाएका छन्” अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले समृद्ध राष्ट्र भएको उल्लेख गर्दै उहाँले नेपालको संविधानले धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गर्नुका साथै सबै समुदायका भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा सम्वद्र्धनलाई महत्व दिएको बताउनुभएको छ । सबै धर्म, सम्प्रदाय र समुदायका चाडपर्वप्रति समान सम्मान, सहिष्णुता र सद्भाव राख्दै विविधताभित्रको एकतालाई बलियो बनाउनु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ । –––

  • काठमाडौँ
  • राष्ट्रियसभा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

  • Post Thumbnail

    वार्षिक प्रतिवेदन पेस

  • मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

    मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बडादसैँको शुभकामना

    Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    Post Thumbnail

    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    Post Thumbnail

    आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution