Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
तुलसीपुर

जग्गा भाडामा लिएर सयपत्री खेती

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

तुलसीपुर(दाङ), ३१ असोजः दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् ।

एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा ब्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताउनुभयो । “अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ,” उहाँले भन्नुभयो “अहिले हजारीको सिजन भएकाले हामी यतातिर लागेका हौँ ।”

उहाँका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो । सुरुमा करिब तीन लाख बढी खर्च भएको छ । बीउ, मल्चिङ तथा खेत जोताइलगायत उक्त बराबरको खर्च भएको हो ।

तिहारलाई लक्षित गरी साउन २६ गते सयपत्री रोपिएको ४५ दिन मै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताउनुभयो । दसैँभन्दा अघि नै सयपत्री फुल्दा आफूले सोचेअनुसार आम्दानी हुँदैन, की भन्ने चिन्तामा रहेको उहाँले बताउनुभयो । “मैले तिहारलाई लक्षित गरेका थिए,” उहाँले भन्नुभयो “तर, दसँैमा फुल्यो, यसले गर्दा सोचेअनुसार आम्दानी हुँदैन की भन्ने लाग्छ ।”

सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उहाँले बताउनुभयो । १२ देखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ ।

दसँै अगावै फुलेपनि सामाजिक सञ्जालबाट प्रचार गर्दा काठमाडौँसम्म पठाएको अध्यक्ष धितालको भनाइ छ । टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोज मै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ । विदेशबाट माग आएको उहाँले बताउनुभयो ।

पाँच वर्षका लागि जग्गा भाडामा लिएर यसरी सयपत्री खेती गरिएको हो । कठ्ठाको वार्षिक दुई हजारका दरले यसरी जग्गा भाडामा लिइएको हो । कृषि सहकारी भएकाले सयपत्रीबाट राम्रो मनग्य लिन सकिने भएकाले यो खेतीतर्फ लागिएको उहाँले बताउनुभयो ।

  • काठमाडौँ
  • तुलसीपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • Post Thumbnail

    भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

  • Post Thumbnail

    झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने

  • Post Thumbnail

    ७१औँ प्रहरी दिवसः विभिन्न व्यक्ति तथा संस्था सम्मानित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

    Post Thumbnail

    नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

    Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution