Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने

चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनबाट निगरानी गर्ने जनाएको हो ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

भद्रपुर (झापा), ३० असोजः चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनबाट निगरानी गर्ने जनाएको हो ।

योजनाअनुसार जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी दुई हजार १२७ सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाल प्रहरीतर्फ एक हजार १९२ र सशस्त्र प्रहरीतर्फ ९३५ सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।“चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन एकीकृत सुरक्षा योजना बनाइएको हो”, उहाँले भन्नुभयो ।

सुरक्षा योजनाअन्तर्गत जिल्लाका ६२ संवेदनशील स्थानमा 'पिकेट' स्थापना गरिनेछ । त्यस्तै, ३५ टोलीबाट मोबाइल गस्ती र ३१ टोलीबाट पैदल गस्ती गरिनेछ भने सम्भावित घटनामा तत्काल परिचालन हुन सातवटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तयारी अवस्थामा राखिनेछ ।

चोरी, लुटपाट, पकेटमारी, जुवातास तथा सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैँझगडा र सवारी दुर्घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नियमित तथा आकस्मिक चेकिङ, संयुक्त जाँच र रात्रिकालीन गस्तीलाई तीव्रता दिइनेछ ।

त्यसैगरी, सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिनेछ । ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष सञ्चालन र सवारीचालकको स्वास्थ्य जाँचलाई प्राथमिकता दिइनेछ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र नगद कारोबार हुने प्रतिष्ठानलाई सुरक्षा व्यवस्था चुस्त राख्न तथा सीसी क्यामेरा दुरुस्त अवस्थामा राख्नसमेत आग्रह गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । —

  • झापा
  • नेपाल प्रहरी
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

  • Post Thumbnail

    भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

  • Post Thumbnail

    ७१औँ प्रहरी दिवसः विभिन्न व्यक्ति तथा संस्था सम्मानित

  • इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई  लालपुर्जा वितरण

    इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

    Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

    Post Thumbnail

    भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

    Post Thumbnail

    आरुघाटमा बेलीब्रिज जडान गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution