
सर्लाही, ३० असोजः हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।
बिआर०६बिएक्स ०४३५ नम्बरको कार दुर्घटना हुँदा महोत्तरीको गौशला नगरपालिका–५, जिरोमाइल बस्ने २४ वर्षका कार चालक विकल साहको मृत्यु भएको हो ।
दुर्घटनापश्चात गम्भीर घाइते भएका साहलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको थियो । अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयो । घटनामा सोही कारमा सवार अन्य दुई युवक घाइते भएका छन् ।
घाइते महोत्तरीको गौशला नगरपालिका–४ का २३ वर्षीय शम्भुनाथ कुमार साह र अन्दाजी २२–२३ वर्षका शुभमकुमार शर्मा घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |