Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उहाँलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ दिन अघि)
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी, ३० असोजः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उहाँलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो ।

यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारको सहारा र आश्रय दुवै खोसेको छ । श्रीमान् ७० वर्षीय लालवीर छन्त्याललाई पहिरोले सुतिरहेकै ठाउँमा पुरेर ज्यान लियो । श्रीमान् गुमाएको शोकमाथि घरगोठ, पशुचौपाया र खेतीपाती गर्ने जमिनसमेत गुमाउनुपर्दा दिलमतीको जीवनमा बज्रपात परेको छ । शरीरमा लागेको घाउ निको हुँदै गए पनि मनमा परेको चोट भने अझै ताजै छ ।

“दुःख परेको समयमा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्नेरहेछ”, दिलमतीले भन्नुभयो, “जीवनको सहारा श्रीमानसँगै बस्ने बास पनि खोस्यो । चारवटा भैँसी र पाडासहितको गोठ बगायो । खेतीबाली लगाउने जमिन उराठलाग्दो बगर बनेको देख्दा मन थाम्नै गाह्रो हुँदोरहेछ ।”

हजुरबुबाको मायाबाट वञ्चित बालक

दिलमती र लालवीरले आफ्नो परिवारको दुःखबीच सात वर्षीय नाति दर्पण छन्त्यालको लालनपालन र अभिभावकत्वको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । दर्पणका आमा र बुबाले दोस्रो विवाह गरेपछि हजुरबुबा लालबीर, हजुरआमा दिलमती र काकी गौमायाले उनलाई हुर्काउँदै आएका थिए ।

पहिरो खसेको थाहा पाएपछि नाति दर्पणलाई झ्यालबाट बाहिर निकाल्ने क्रममा दिलमती घाइते हुनुभएको थियो । उहाँ नातिको ज्यान जोगाउन सफल भए पनि आफ्नै जीवनको सहारा बनेका श्रीमान्लाई भने बचाउन नसकेकामा दुःखी हुनुहुन्छ ।

माया र स्नेह दिने हजुरबुबाको निधनले दर्पणको बालमनमा गहिरो चोट परेको छ । परिवारका सदस्य गुमाउनुको पीडासँगै घरबारविहीन अवस्थाले उनीहरूको दसैँतिहार खल्लो बनेको छ । विगतमा परिवारसँगै बसेर मनाइने चाडपर्व यस वर्ष उनीहरूका लागि दुःखद् सम्झना र अभावको समय बनेको छ ।

दुई महिनाको अन्तरमा दोहोरियो विपद्

चिनाखेतका बासिन्दाले यस वर्ष दुई महिनाको अन्तरमा दुईपटक बाढीपहिरोको सामना गर्नुपरेको छ । गत साउन ११ गते र असोज ११ गते आएको बाढीले बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएपछि यहाँका बासिन्दा सुरक्षित बसोबासको चिन्तामा परेका छन् ।

चिनाखेतकी स्थानीय शिक्षक चमेली थापाका अनुसार बाढीपहिरोले बस्तीमा क्षति पुर्याएपछि दसैँतिहारको माहोल नै हराएको छ । विपद्को जोखिम बढ्दै जाँदा स्थानीय बासिन्दा आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँ सर्ने क्रमसमेत बढेको उहाँले बताउनुभयो ।

“पहिरोले उठिबास लगाएकाले चाडपर्वको माहोल नै हराएको छ”, उहाँले भन्नुभयो, “दुई महिनाको अन्तरमा लगातार पहिरो आएपछि चिनाखेतवासी थातथलो छाडेर बसाइँ सर्ने क्रम बढेको छ ।”

बस्तीमाथिको पाखोमा सक्रिय रहेको पहिरो खोल्सामा मिसिँदा गेगरसहितको बाढी बस्ती र खेतबारीतर्फ पस्ने गरेको छ । पहिरो र बाढीको जोखिम बढेकाले स्थानीयवासीलाई घरमा बस्न र खेतीपाती गर्नसमेत कठिन भएको छ ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार साउन ११ गतेको पहिरोले लालवीर छन्त्यालको घरगोठ पूर्ण रूपमा क्षति गरेको थियो । असोज ११ गतेको बाढीले मोती पुन र लोकबहादुर पुनको घर बस्नै नमिल्ने बनाएको छ ।

एक सय ५० रोपनी जमिन बगरमा परिणत

चिनाखेतमा बाढीपहिरोबाट ४२ घरपरिवार प्रभावित भएका छन् । वडाध्यक्ष पुनका अनुसार करिब १५० रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचा, कृषि फार्म, धानखेतसहितको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

चिनाखेतका बासिन्दाले पछिल्लो समय व्यावसायिक सुन्तला तथा तरकारीखेती विस्तार गर्दै आएका थिए । गाउँमै कृषि व्यवसाय गरेर आत्मनिर्भर बन्ने र रोजगारी सृजना गर्ने स्थानीयको प्रयासलाई बाढीपहिरोले गम्भीर धक्का पुर्याएको छ ।

स्थानीय भवी छन्त्यालले फल दिने बेला भएका करिब १०० सुन्तलाका बोट रहेको आफ्नो बगैँचा पहिरोले पुरिएर बगर बनेको बताउनुभयो । वर्षौँको मिहिनेत र लगानीबाट आम्दानी दिने अवस्थामा पुगेका बोटबिरुवा तथा खेतीयोग्य जमिन नष्ट भएपछि किसानको जीविकोपार्जनमा समेत समस्या थपिएको छ ।

मगर र छन्त्याल समुदायको बसोबास रहेको चिनाखेतका बासिन्दाले व्यावसायिक कृषिमार्फत आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेका थिए । तर, बस्तीमाथिको पहिरो र खोलामा आउने बाढीका कारण उनीहरूको मिहिनेत र भविष्यका योजनामाथि नै सङ्कट उत्पन्न भएको छ ।

कृषक धनबहादुर थापाका अनुसार गाउँमै व्यावसायिक कृषि गरेर आत्मनिर्भर र स्वरोजगार बन्ने योजनामा बाढीपहिरो बाधक बनेको छ । खेतीपाती गर्ने जमिन नै जोखिममा परेपछि किसानलाई अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले सताएको छ ।

खानेपानी, खेलमैदान र सामुदायिक भवनमा क्षति

बाढीपहिरोले चिनाखेतका निजी सम्पत्तिमा मात्र नभई सामुदायिक पूर्वाधारमा समेत क्षति पुर्याएको छ । चिनाखेत–डाँडाखानी खानेपानी योजनाको मुहानमा रहेको ट्याङ्की पूर्ण रूपमा क्षति भएको छ । हिमचुली स्पोट्र्स क्लबको खेलमैदान र चिनाखेत आमा समूहको भवनसमेत पहिरोमा पुरिएका छन् ।

खानेपानी, सामुदायिक भवन र खेलमैदानमा क्षति पुगेपछि स्थानीयको दैनिक जीवन र सामुदायिक गतिविधिमा समेत असर परेको छ । बस्तीमाथिको पहिरो सक्रिय रहेकाले आगामी दिनमा थप क्षति हुनसक्ने चिन्ता स्थानीयमा छ ।

वडाध्यक्ष पुनका अनुसार गाउँ नै जोखिममा परेपछि भूगर्भविद्को टोलीबाट पहिरोको स्थलगत अनुगमन गराइएको छ । पहिरोको अवस्था अध्ययन गरी रोकथाम तथा नियन्त्रणका लागि बेनी नगरपालिका र प्रदेश सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो ।

थातथलो छाड्नुपर्ने बाध्यता

लगातारको बाढीपहिरोले घर र खेतबारी जोखिममा परेपछि चिनाखेतका बासिन्दा सुरक्षित बसोबासको विकल्प खोज्न बाध्य भएका छन् । वर्षौँदेखि बस्दै आएको गाउँ छाड्नुपर्ने अवस्था आउँदा स्थानीयलाई सम्पत्तिको क्षतिसँगै पुख्र्यौली थलोबाट विस्थापित हुनुपर्ने चिन्ताले सताएको छ ।

स्थानीय मोती पुनका अनुसार बाढीपहिरोको जोखिम बढ्दै गएपछि गाउँ छाडेर अन्यत्र जाने विषयमा सोच्नुपर्ने अवस्था आएको छ । “पटकपटक पहिरो र बाढीले सताउन थालेपछि चिनाखेतबासीले विकल्प खोज्न थालेका छौँ”, उहाँले भन्नुभयो, “बस्ने बास र कमाउने जमिन नै नभएपछि गाउँ नै छोडेर जानुपर्ने अवस्था आएको छ ।”

सुरक्षित आवासको व्यवस्था नहुँदा जोखिमयुक्त घरमा बसिरहने वा आफ्नो थातथलो छाडेर अन्यत्र जाने भन्ने दोधारमा छन् । खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कृषि पेसामा आश्रित परिवारलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएको छ ।

पुनःस्थापना र संरक्षणको पर्खाइ

चिनाखेतका बासिन्दाले जोखिमयुक्त घरमा बस्दै आएका परिवारका लागि अस्थायी आवासको व्यवस्था, सुरक्षित स्थानमा पुनःस्थापना तथा पहिरो र बाढी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न राज्यका निकायसँग माग गरेका छन् । बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि प्राविधिक अध्ययनका आधारमा दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ ।

पहिरोको जोखिम न्यूनीकरण, क्षतिग्रस्त खानेपानी योजनाको पुनर्निर्माण र जीविकोपार्जनका आधार पुनःस्थापना हुनसकेमा मात्रै प्रभावित परिवारले सामान्य जीवनमा फर्किने आशा गर्न सक्नेछन् ।

यस वर्ष चिनाखेतका धेरै घरमा दसैँको तयारीभन्दा सुरक्षित बसोबासको चिन्ता ठूलो बनेको छ । कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपयले घरबार र खेतीपाती गर्ने जमिन । चाडपर्वले ल्याउने खुसीभन्दा विपद्ले दिएको पीडा गहिरो बनेको छ ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

  • Post Thumbnail

    आरुघाटमा बेलीब्रिज जडान गरिँदै

  • Post Thumbnail

    बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

  • Post Thumbnail

    कोप–३१ मा नेपालले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा सहभागिता जनाउने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Post Thumbnail

    सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution