Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रूपन्देही

रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ ।
रासस १३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

रूपन्देही, ३० असोजः जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । यसमध्ये ३२२ वटा उद्योग र ४५५ वटा व्यावसायिक फर्म रहेका छन् ।

कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार उद्योग तथा व्यावसायिक फर्म बन्द गर्ने क्रम चालु आवमा पनि जारी छ । आव २०८३/८४ को साउन र भदौमा मात्रै ८१ वटा उद्योग र १२७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । पछिल्लो तथ्याङ्कले जिल्लामा नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहँदा पुराना उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम पनि कायम रहेको देखाएको छ ।

कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा २३५ वटा उद्योग र ४०४ वटा व्यावसायिक फर्म दर्ता भएका छन् । नयाँ दर्ताको सङ्ख्या उल्लेख्य रहे पनि पुराना उद्योग तथा व्यवसाय बन्द हुनु निजी क्षेत्रको व्यावसायिक अवस्थाबारे चासोको विषय बनेको छ ।

आव २०८२/८३ सम्म रूपन्देहीमा २० हजार पाँचवटा उद्योग र पाँच हजार ३५९ वटा वाणिज्य फर्म दर्ता भएका छन् । कार्यालयले उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरण, लगत कट्टा, सीपमूलक तालिम सञ्चालन तथा बजार अनुगमनलगायतका काम गर्दै आएको छ ।

उद्योग तथा व्यावसायिक फर्मको दर्ता र नवीकरणबाट कार्यालयले गत आवमा रु दुई करोड ६० लाख तीन हजार ४८१ राजस्व सङ्कलन गरेको सूचना अधिकारी परियारले जानकारी दिनुभयो । उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले चालु आवमा पनि १५ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न सूचना आह्वान गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा उद्योग तथा व्यवसाय बन्द हुनुका पछाडि कारोबारमा कमी, लगानीअनुसार प्रतिफल प्राप्त नहुनु र व्यावसायिक वातावरणप्रतिको असन्तुष्टिलगायतका समस्या रहेको व्यवसायीले बताएका छन् । केही व्यवसायीले उद्योग वा फर्म दर्ता गरे पनि सञ्चालन गर्न नसकेको अवस्थामा लगत कट्टा गर्ने गरेका छन् भने केहीले सञ्चालनमा रहेका व्यवसायसमेत बन्द गर्नुपरेको छ ।

भैरहवाका केही व्यवसायी व्यवसाय बन्द गरेर रोजगारी तथा अवसरको खोजीमा विदेश गएको बताइएको छ । स्वदेशमा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण नपाएको र लगानीअनुसार प्रतिफल प्राप्त गर्न कठिन भएको उनीहरूको भनाइ छ ।

उद्योग तथा व्यावसायिक फर्मको दर्ता सङ्ख्याले उद्यमशीलताप्रतिको आकर्षण देखाए पनि बन्द हुने फर्मको सङ्ख्याले व्यवसायलाई निरन्तरता दिनुपर्ने चुनौतीसमेत उजागर गरेको छ । नयाँ उद्यम स्थापना गर्न प्रोत्साहन गर्नुका साथै सञ्चालनमा रहेका उद्योग तथा व्यवसायका समस्या पहिचान गरी लगानीको वातावरण सुधार गर्न सके स्थानीय उत्पादन, रोजगारी सृजना र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

  • रूपन्देही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Post Thumbnail

    सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution