
नारायणगढ (चितवन), २९ असोजः चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ ।
नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा खैरहनी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१२ मुनालचोकस्थित माइत बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा, उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल र छ वर्षीय छोरा प्रसिद्ध पौडेल डुबेका थिए ।
घटनाबारे स्थानीयले जानकारी गराएलगत्तै विपद्सहितको उद्धार टोली परिचालन गरिएको थियो । टोलीले प्रसिद्धिलाई उद्धार गरेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । सशस्त्र प्रहरीको गोताखोरको टोली र नेपाल प्रहरीले बेपत्ता आमा र छोराको खोजी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |