
सुनसरी, २९ असोजः प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागूऔषधको प्रयोग र कारोबार बढीरहेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१÷८२ देखि चालु आर्थिक वर्ष २०८३÷८४ को असोजसम्म लागूऔषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । सो अवधिमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका थिए । यसबाट पनि लागूऔषधको प्रयोग र कारोबारको मात्रामा वृद्धि भएको अनुमान गर्न सकिन्छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न कसुरका ५१७ मुद्दा दर्ता भएका थिए । उक्त अवधिमा ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए । त्यसैगरी, गत आर्थिक वर्ष २०८२÷८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए । चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि असोजसम्म विभिन्न कसुरका १६१ मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा १०३ पुरुष र आठ महिला गरी १११ जना पक्राउ परेको प्रमुख राईले बताउनुभयो ।
यस्तै, अभद्र व्यवहार, बैङ्किङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबर्जस्ती करणीलगायतका विभिन्न कसुरमा मुद्दा दर्ता भएका छन् ।
प्रमुख राईका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ । उमेरका आधारमा १५ देखि ५५ वर्ष समूहका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ ।
लागूऔषध कारोबारीले सवारीसाधनमा लुकाएर, फल्स बटम बनाएर तथा शरीरका विभिन्न भागमा लुकाई छिपाई लागूऔषध ओसारपसार र बिक्री वितरण गर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |