Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २७ असोजः सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आज एक सूचना जारी गरी चाडपर्वको समयमा यात्राका लागि निस्केका यात्रुलाई गुणस्तरहीन खाना खुवाएर बिरामी भएमा सवारी चालक र होटल÷रेष्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्नुभएको छ ।

विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजा खुवाउने होटल तथा रेस्टुरेन्टमा सरसफाइ हुनुपर्ने र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका लागि खाना, नास्ता र खाजा खान रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका र न्यून गुणस्तरका खाद्यवस्तु उपलब्ध गराउने गरेको भन्दै व्यापक जनगुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकले गरेको निर्णयअनुसार विभागले सार्वजनिक यातायातका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुहरूलाई लक्षित गर्दै उक्त सूचना जारी गरेको हो ।

विभागका अनुसार सार्वजनिक यातायातका चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने स्थानका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनुपर्नेछ । सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि रोक्नुपर्ने निर्देशनमा उल्लेख छ ।

त्यस्तै, होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाना तथा खाजाको गुणस्तर न्यून भएका कारण यात्रु बिरामी परेको गुनासो आएमा सम्बन्धित निकायले सूक्ष्म निगरानी गर्ने विभागले जनाएको छ ।

होटल तथा रेस्टुरेन्टमा खाना, नास्ता र खाजाको स्वच्छता तथा गुणस्तरमा कमी कमजोरी भएमा वा मूल्यमा ठगी भए यात्रुहरूलाई तत्काल गुनासो गर्न विभागले आग्रह गरेको छ ।

त्यस्ता समस्या देखिएमा नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी जानकारी गराउन सकिनेछ । यस्तै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा सम्पर्क गरेर उजुरी दिन सकिने विभागले जनाएको छ ।

  • काठमाडौँ
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    सुचना प्रविधि सम्बन्धि थप
  • Post Thumbnail

    सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः आरुघाटमा बेलिब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

  • करार सेवा सम्बन्धी सूचना

    करार सेवा सम्बन्धी सूचना

  • खाद्यान्न आपुर्ती सम्बन्धी दरभाउपत्र आह्वानको सुचना

    खाद्यान्न आपुर्ती सम्बन्धी दरभाउपत्र आह्वानको सुचना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    Post Thumbnail

    जुम्लामा २२९ मुद्दा फछ्र्योट

    Post Thumbnail

    ‘हवाई फायर’ गरी हेरोइनसहित एक जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution