Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

हराएका ५० दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
रासस २६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २६ असोजः काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यालयका अनुसार फिर्ता गरिएका सवारीसाधनमध्ये २९ वटा मोटरसाइकल र २१ वटा स्कुटर छन् । ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका सवारीसाधनको खोजतलास गर्ने क्रममा ती सवारीसाधन फेला पारेको जनाएको छ ।

प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजी तथा चोरी नियन्त्रणका लागि सक्रियता बढाउँदै आएको एसएसपी काफ्लेले बताउनुभयो । सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गराउने कार्यले नागरिकको सम्पत्तिको सुरक्षा गर्नुका साथै प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ । “हराएका तथा चोरी भएका सवारीसाधनको खोजी र चोरी नियन्त्रणका लागि ट्राफिक प्रहरीले सक्रियता बढाउँदै आएको छ”, उहाँले भन्नुभयो, “सवारीसाधन हराएमा वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीमा जानकारी गराउन तथा जथाभावी पार्किङ नगरी सुरक्षित स्थानमा राख्न हामी आग्रह गर्दछौँ ।”

सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, सम्भव भएसम्म अतिरिक्त सुरक्षा उपाय अपनाउने र हराएमा वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउँदा खोजीकार्यमा सहज हुने ट्राफिक प्रहरीको भनाइ छ ।

फेला परेका सवारीसाधन फिर्ता पाएपछि सम्बन्धित धनीहरूले खुसी व्यक्त गर्दै खोजीकार्यमा संलग्न ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

  • Post Thumbnail

    ‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला

  • Post Thumbnail

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

  • ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

    ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    Post Thumbnail

    ‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला

    Post Thumbnail

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution