Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।
रासस ५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २६ असोजः प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही-८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट गोदावरी नगरपालिका-५ का ३१ वर्षीय टङ्कराज भट्ट र गोदावरी-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका-७ टेडियाबाट लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने २६ वर्षीय रामजनम चौधरीसहित दुई जना र भीमदत्त नगरपालिका-११ बाट गोदावरी-१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीबाट काठमाडौँको कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भएका ३० वर्षीय देबिन्द्र राई, झापाको बाह्रदशी गाउँपालिका-५ बाट मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही स्थानकी २१ वर्षीया रेजिना तोलाङ्गी, झापाकै अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-२ बस्ने ३३ वर्षीय डिककुमार कोईराला, अर्जुनधारा-६ पुर्वेलीटोलका २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पूर्णबहादुर राई छन् । साथै बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट मधुवन नगरपालिका-८ लालीबजारका २१ वर्षीय सन्देश रानामगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • कञ्चनपुर
  • काठमाडौँ
  • कैलाली
  • झापा
  • बर्दिया
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

  • ट्रक दुर्घटनामा चालकको मृत्यु

    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

    बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

  • Post Thumbnail

    छत्रदेवको मथुरामा ट्याक्टर दुर्घटना, सहचालकको घटनास्थलमै मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

    ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

    Post Thumbnail

    हराएका ५० दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई हस्तान्तरण

    Post Thumbnail

    झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद

    Post Thumbnail

    अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution