Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
डडेल्धुरा

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

डडेल्धुरा, २६ असोजः नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ ।

मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरु होस् यतिबेला मान्यजनको हातबाट दसैँको टीका थाप्न धमाधम जन्म घर फर्किरहेका छन् ।

चार वर्षअघि रोजगारीको सिलसिलामा भारतको ब्याङ्गलोर बसेर फर्किनुभएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकले वर्षौं वर्ष छुट्टिएका साथी भेट्दा रमाइलो हुने भए पनि चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकतासँग जोडिएका परम्परागत कार्य पनि जगेर्ना नहुँदा पहिलेभन्दा यो दसैँ खल्लो लागेको बताउनुभयो ।

आलिताल गाउँपालिका–४ का जोगराज भट्टले भन्नुभयो, “सहरबजारमा त केही वर्ष पहिले नै पिङ हराउँदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गर्थौं, वर्षौंसम्म पनि भेट नभएका साथी दसैँमा पिङ खेल्ने ठाउँमा जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो, पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थाल्यो ।”

बजारक्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै गएको छ । पहिले टोल–टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेकोे अमरगढी नगरपालिका– ३ का गीताञ्जली साउद बताउनुहुन्छ ।

गाउँघरमा पहिले पहिले दसँै आउनुभन्दा एक हप्ताअगाडि नै रोटेपिङ राख्ने गरेकामा यो भने हराउँदै गएको छ । अजयमेरु–३ का ८५ वर्षीय वृद्ध पदम एडीले भन्नुभयो, “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बजारमा पाउने लट्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो, अहिले सबै नौलोजस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।”

फाटफुट रूपमा कहीँ कतै पिङ राख्ने गरेको भए पनि पहिलेभन्दा निकै कम भएको छ । लिङ्गेपिङलाई चार दिशामा बाँस गाडेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगार्दा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिन्थ्यो । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसले पिङ खेल्ने चलन भए पनि युवा पिङ खेल्नमा बढी नै उत्साही हुन्थे । तर बढ्दो प्रविधिले परम्परागत मौलिकता हराउन थालेका छन् ।

पछिल्लो समय, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै जाँदा नेपाली पर्वको महत्व पनि विस्तारै हराउँदै जान थालेको छ । अझै गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ ।

मान्छेहरु फेसबुक, इन्स्टाग्राम र टिकटकमा रमाउन थालेका छन् । अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो । अहिले मानिसले खासै त्यो प्रति चासो नै दिँदैनन् सामाजिक सञ्जालमै व्यस्त हुने गरेको उहाँले बताउनुभयो ।

  • डडेल्धुरा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    निकुञ्जमा जिप सफारी सुरु

  • Post Thumbnail

    आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

  • भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

    भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

  • Post Thumbnail

    नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    Post Thumbnail

    क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

    Post Thumbnail

    भक्तपुरमा नवरात्रि मेला

    Post Thumbnail

    नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution