Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २६ असोजः नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ ।

नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकाले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको हो ।

टास्क फोर्सका संयोजक एवं चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले चाडपर्वका समयमा बजारमा हुने भीडभाडका कारण व्यवसायी तथा उपभोक्ताले भोग्नुपर्ने समस्या समाधान गर्न कार्यदल सक्रिय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चाडपर्वमा बजारमा भीड बढ्छ । त्यसले गर्दा ग्राहकलाई किनमेल गर्न समस्या नहोस् भनेर हामी लागेका हौँ । ठेला तथा पोके व्यापारीका कारण अन्य व्यवसायी र ग्राहकलाई आवतजावतमा समस्या पर्ने गरेको छ । यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छौँ ।”

उहाँका अनुसार टास्क फोर्सले चाडपर्वका समयमा मात्र नभई अन्य समयमा पनि जथाभावी सञ्चालन हुने ठेला तथा पोके व्यापारलाई तोकिएको स्थान र मापदण्डअनुसार व्यवस्थित गर्ने, उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन नियमित बजार अनुगमन गर्ने तथा सवारी चाप र भीडभाड नियन्त्रणका लागि ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्ने कामलाई प्राथमिकता दिएको छ ।

चाडपर्वका समयमा सर्वसाधारण तथा उपभोक्ताले सहज, सुरक्षित र सुलभ रूपमा किनमेल गर्न सक्ने वातावरण बनाउन बजार अनुगमन तथा व्यवस्थापनका कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । साथै, बजार व्यवस्थापनमा सहयोग गर्न व्यवसायी तथा सर्वसाधारणलाई टास्क फोर्सको आग्रह छ ।

भरतपुर महानगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउने उद्देश्यले गत जेठमा चितवन उद्योग वाणिज्य सङ्घको अगुवाइमा सरोकारवालाबीच बजार व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा सहभागीहरूले बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण र फोहोरमैला व्यवस्थापनलाई प्रमुख समस्याका रूपमा औँल्याएका थिए । बजारलाई सुन्दर र सुरक्षित बनाउन दीर्घकालीन पार्किङस्थलको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।

अन्तरक्रियामा उठेका समस्या समाधान गर्न बजार व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उद्देश्यले चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ओलीको संयोजकत्वमा १३ सदस्यीय टास्क फोर्स गठन गरिएको थियो । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी तथा टोल विकास संस्थालगायतका प्रतिनिधि सदस्य छन् ।

टास्क फोर्सले बजार व्यवस्थापन, सौन्दर्यीकरण, पार्किङ, फुटपाथ अतिक्रमण तथा फोहोरमैला व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

  • बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

  • Post Thumbnail

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

  • सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

    सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

    Post Thumbnail

    भक्तपुरमा नवरात्रि मेला

    Post Thumbnail

    नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

    Post Thumbnail

    निकुञ्जमा जिप सफारी सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution