Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक आगमन थोरङ्ला पास जाने बाटो सहज बनेसँगै बृद्धि हुन थालेको हो ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

लमजुङ, २६ असोजः बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक आगमन थोरङ्ला पास जाने बाटो सहज बनेसँगै बृद्धि हुन थालेको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उहाँले बताउनुभयो । पर्यटकीय ‘सिजन’ सुरु भएसँगै भदौदेखि पर्यटक आगमन बढ्न थालेको थियो तर असोज ८ देखि ११ गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आवागमन प्रभावित हुँदा दैनिक एक–दुई जनामात्र आउने गरेकोमा अहिले बढ्न थाले सगै सो हाराहारीमा आउन थालेको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख भएको छ । तीमध्ये ८८७ पुरुष र ५६० महिला छन् । उक्त अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन् ।

गत वर्ष मुख्य पर्यटकीय याममा दैनिक ४०० देखि ५०० सम्म पर्यटक आउने गरेकामा यस वर्ष बाढीपहिरो र हिमपातका कारण आगमन प्रभावित भएको गुरुङले बताउनुभयो । सडक तथा पदमार्ग सहज हुँदै गएमा पर्यटकको सङ्ख्या अझै बढ्ने उहाँको अपेक्षा छ । अन्नपूर्ण चक्रीय पदमार्ग हिमाली दृश्य, प्राकृतिक सौन्दर्य तथा स्थानीय संस्कृति र रहनसहनका कारण स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ पुग्ने यस पदमार्गमा जगत र धारापानी पर्यटकका महत्वपूर्ण बासस्थान हुन् । मस्र्याङ्दी गाउँपालिका–४, जगत्का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बाढीपहिरोले गर्दा पर्यटक आगमन घट्दा व्यवसायको आम्दानी शून्यजस्तै बनेको थियो तर अहिले पर्यटक आउन थालेपछि दैनिक रु १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको बताउनुभयो । “गत वर्षको मुख्य पर्यटकीय सिजनमा दैनिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । यस वर्ष बाढीपहिरोका कारण व्यवसाय प्रभावित भयो । केही दिनअघिसम्म पर्यटक नआउँदा आम्दानी शून्यजस्तै थियो, अहिले विस्तारै आउन थालेका छन्,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार जगत्मा करिब २२ देखि होटल सञ्चालनमा छन् । सडकबाटै सिधै मनाङ पुग्ने पर्यटकका कारण पदमार्गका बीचमा पर्ने बस्तीका व्यवसायमा पनि असर पर्ने गरेको उहाँले बताउनुभयो । सडक तथा पदमार्ग सहज हुँदै गएमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने र व्यवसायमा सुधार आउने उहाँको अपेक्षा छ ।

मस्र्याङ्दी गाउँपालिका–४, बुङ झरनानजिक होटल सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी बाबुराम तामाङले पनि बाढीपहिरोका कारण मुख्य पर्यटकीय सिजनमै व्यवसाय सुनसान बनेको बताउनुभयो । पछिल्ला दिनमा पर्यटक आउन थालेपछि व्यवसायीमा आशा पलाएको उहाँको भनाइ छ । सडक र पदमार्ग सहज भएमा पर्यटकको आगमन थप बढ्ने उहाँले अपेक्षा गर्नुभयो ।

  • मनाङ
  • मुस्ताङ
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    भक्तपुरमा नवरात्रि मेला

  • Post Thumbnail

    बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए

  • Post Thumbnail

    नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर

  • Post Thumbnail

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

    Post Thumbnail

    भक्तपुरमा नवरात्रि मेला

    Post Thumbnail

    नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

    Post Thumbnail

    निकुञ्जमा जिप सफारी सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution