Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २४ असोजः नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

महानिरीक्षक कार्कीले आज भर्चुअल माध्याममार्फत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै नजिकिँदै गरेका महान् चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न र प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको हो ।

उहाँले चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाटलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न उच्च सतर्कताका साथ काम गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नागरिकका समस्या समयमै सम्बोधन गर्दै प्रहरी सेवा थप प्रभावकारी, व्यावसायिक, उत्तरदायी र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आ–आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरी स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, सीमानाकामा हुनसक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो । अपराध नियन्त्रणका लागि सूचना सङ्कलन तथा विश्लेषणलाई प्रभावकारी बनाउँदै आवश्यकताअनुसार प्रहरी परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा र अनुशासन पूर्ण रूपमा पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील हुन आग्रह गर्नुभयो । गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने उहाँको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकारी तथा देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।

  • काठमाडौँ
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

  • Post Thumbnail

    परराष्ट्रमन्त्री स्वदेश फिर्ता

  • Post Thumbnail

    पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

  • सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

    सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

    एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    Post Thumbnail

    साहित्यकार जोशीको कथासङ्ग्रह ‘बैसाखी’को लोकार्पण

    Post Thumbnail

    देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution