Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

परराष्ट्रमन्त्री स्वदेश फिर्ता

परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २४ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज संवाददाताहरूसँग कुरा गर्दै उहाँले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिनुभयो ।

बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता दुई करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको जानकारी दिँदै मन्त्री खनालले ‘प्रि–कोप लिडर्स प्लेनरी’ मा आफूले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या जलवायु सङ्कटका परस्पर जोडिएका पक्ष भएकाले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यमा जोड दिएको बताउनुभयो ।

कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीमा जोड दिनुभएको थियो । आगामी नोभेम्बरमा टर्कीएको अन्टाल्यामा कोप–३१ आयोजना हुँदै छ ।

अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको द्विपक्षीय वार्तामा जलवायु सहकार्य, पूर्वसूचना प्रणालीको आधुनिकीकरण, जलवायु अनुकूलित पूर्वाधार र प्राविधिक साझेदारी विस्तारबारे छलफल भएको थियो ।

यसैगरी, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँगको भेटमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

  • Post Thumbnail

    पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

  • सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

    सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

  • Post Thumbnail

    खेतमा बेसार, किसानलाई बजारको चिन्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ’

    मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

    मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

    Post Thumbnail

    ‘सरकारलाई काम गर्ने अवसर दिनुपर्छ’

    चाडपर्वमा रगतको अभाव हुन नदिन रक्तदान

    चाडपर्वमा रगतको अभाव हुन नदिन रक्तदान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution