Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन, २४ असोजः चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं. १ देखि २९ सम्मका दुई सय बढी स्वयंसेविकालाई आज सचेतना प्रदान गरिएको हो ।

सो अवसरमा अस्पतालका स्तन क्यान्सर सर्जन डा. संगीता थापाले स्वयंसेविका मार्फत् वडा वडामा सचेतना फैल्याउने अभियान शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “यहाँ सिकेका ज्ञान तपाईहरुले घरघरसम्म पु¥याएर सचेतना फैल्याउनु हुनेछ ।”

स्तन क्यान्सर भयो भन्दैमा डराउनु नपर्ने जनाउँदै उहाँले समयमा पहिचान गरी उपचार गरेमा निको हुने बताउनुभयो । समय समयमा स्तन क्यान्सर छ छैन भनी परीक्षण गरेर ढुक्क भएर बस्न उहाँको सुझाव छ । स्तनमा भएका कोषिकाहरुको असामान्य बृद्धिलाई स्तन क्यान्सर भनिने जनाउँदै उहाँले आफैले छामेर पनि गाँठागुँठी पत्ता लगाउन सकिन्छ भन्नुभयो । उहाँले भन्नुभयो “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर क्यान्सर हो होइन परीक्षण गरेर निक्र्याैल गर्नुपर्छ ।”

कार्यक्रममा भरतपुर महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले स्वयंसेविका मार्फत् सन्देश घरघरमा पुग्ने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो । संघीय सरकारले रु.एक लाख र बागमती प्रदेश सरकारले रु. ५० हजार क्यान्सर उपचारका लागि दिने जनाउँदै स्तन र पाठेघरको क्यान्सरका लागि त्यसमा पनि थप रु. ५० हजार प्रदेशले सहयोग गर्ने जानकारी दिनुभयो ।

अस्पताल निर्देशक प्रा.डा.गोपेन्द्र द्वाले क्यान्सरको सहज उपचारका लागि चितवन मेडिकल कलेजले छुट्टै क्यान्सर ईन्स्टिच्यूट सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले क्यान्सर उपचारका लागि आउने बिरामी अन्यत्र भौतारिनु नपर्ने जनाउँदै सम्पूर्ण सुविधा एउटै भवनबाट दिइएको उहाँको भनाइ छ ।

शैक्षिक निर्देशक प्रा.डा.दयाराम लम्साल, प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापा, रेडिएसन अंकोलोजिष्ट डा.सुवास ठाकुर लगायतले अस्पताले संघीय सरकार र प्रदेश सरकारले दिने विपन्न सबै सुविधा यस अस्पतालबाट प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरका सबै वडाका स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । अक्टोबर महिनालाई विश्वभरी स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । यसै अवसरमा अस्पतालले एक महिनाभरी स्तन क्यान्सर निःशुल्क परीक्षण समेत सुरुआत गरेको छ ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    विश्व दृष्टि दिवसः दाङका पत्रकारको निशुल्क आँखा परीक्षण

  • Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

  • Post Thumbnail

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

  • Post Thumbnail

    स्वास्थ्य अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहमा ऐक्यबद्धता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    Post Thumbnail

    नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

    सन्दर्भः विश्व ‘अण्डा’ दिवस,
अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    सन्दर्भः विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution