Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिनुभएको थियो । साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुप¥यो’ भनेपछि उहाँ जुरुक्क उठ्नुभयो ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ दिन अघि)
Post Thumbnail

कास्की, २४ असोजः पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिनुभएको थियो । साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुप¥यो’ भनेपछि उहाँ जुरुक्क उठ्नुभयो । सामुदायिक प्रहरी कालिकाको पूर्वअध्यक्ष समेत रहनुभएका केसी दुई जना साथीलाई साथमा लिएर घटनास्थल ओख्लेको भिरतर्फ दौडिनुभयो ।

घटनास्थल पुग्दा भीरमा कोही विद्यार्थी अड्किएका थिए भने कोही बससँगै तल पुगेका थिए । घाइते विद्यार्थीको चित्कारले वातावरण स्तब्ध थियो । ‘दाइ, अङ्कल, मलाई बचाउनुहोस्’ भन्दै विद्यार्थीले गुहार मागिरहेका थिए ।

भिरको अप्ठ्यारो बाटो हुँदै उहाँ साथीसहित तल ओर्लिनुभयो । बसका पार्टपुर्जा छरिएका थिए, विद्यार्थी यत्रतत्र थिए । उद्धारका लागि आवश्यक सामग्री केही थिएन । तर, घाइतेको चित्कार सुनेर उहाँहरू पछि हट्न सक्नुभएन । घाइते विद्यार्थीलाई पिठ्युँमा बोकेरै सडकसम्म ल्याउन थाल्नुभयो । “हामीसँग उद्धारका लागि केही पनि सामान थिएन । सबैलाई पिठ्युँमै बोकेर भए पनि माथि बाटोसम्म ल्यायौँ । सबैलाई बोकेरै ल्याइयो ।” केसीले उद्धार गर्दाको अनुभव सुनाउनुभयो ।

स्थानीय करिब १०–१२ जना घाइतेको उद्धारमा जुटिरहँदा सुरक्षाकर्मीको टोली पनि घटनास्थलमा आइपुग्यो । पोखरा बजारबाट करिब १५ किलोमिटर टाढा रहेको उक्त स्थानमा बिहानै भएको दुर्घटनाले सिङ्गो गाउँलाई शोकमा डुबायो ।

सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान ६ः३३ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा चार विद्यार्थी र एक ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ भने १३ विद्यार्थी र चालक घाइते भएका छन् ।

कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थी बिहान ट्युसन पढ्न विद्यालय आउँदै थिए । विद्यालय पुग्न केही समय मात्र बाँकी रहँदा बस दुर्घटनामा परेको थियो । दुर्घटनाको वास्तविक कारण खुलिसकेको छैन । सामान्य उकालो र फराकिलो पक्की सडकमा बस दाहिनेतर्फ मोडिनुपर्ने स्थानमा सिधै भीरतर्फ गएर खसेको स्थानीय बताउँछन् । सडक फराकिलो भएकाले सवारीसाधन चलाउन कठिनाइ हुने अवस्था नरहेको उनीहरूको भनाइ छ । बसका चालक घाइते भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

स्थानीयका अनुसार दुर्घटनामा परेको बस निकै पुरानो थियो । विद्यार्थीले उक्त बसमा चढ्न आनाकानी गर्ने गरेका थिए । बसको अवस्था पुरानो भएकाले प्रयोग नगर्न विद्यालय प्रशासनलाई पटक–पटक आग्रह गरिएको स्थानीय केसी बताउनुहुन्छ ।

“गाडी पुरानो भएको थियो । पटक–पटक हामीले पुरानो गाडी प्रयोग नगर्नु भनेर सम्झाएका पनि हौँ । तर, आज यस्तो दुःखद घटना भोग्नुप¥यो ।” केसीले दुःख व्यक्त गर्नुभयो । स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको दावी गरे पनि प्राविधिक परीक्षण तथा अनुसन्धानबाट यसको कारण पुष्टि हुन बाँकी छ । बसका चालक समेत दुर्घटनामा घाइते छन् । उद्धारका क्रममा सामान्य बोलचालमा चालकले आफूले दुर्घटना अगाडि एक्कासी अँध्यारो देखेको बताएको केसीले सुनाउनुभयो ।

विद्यालय जाने क्रममा भएको दुर्घटनामा एउटै गाउँका चार विद्यार्थीको मृत्यु भएपछि माझठाना गाउँ शोकमा डुबेको छ । गाउँमा शोक छाएको छ भने आफन्त र छिमेकीका आँखाबाट आँसु रोकिएका छैनन् ।

दुर्घटनाको खबर फैलिनासाथ घाइतेलाई उपचारका लागि ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफन्त तथा स्थानीयको भीड लागेको थियो । बिहान घरबाट विद्यालय जान निस्किएका बालबालिका दुर्घटनामा परेको खबरले परिवार र गाउँले स्तब्ध बनेका छन् ।

पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दुर्घटनाले सिङ्गो माझठाना गाउँलाई शोकमा डुबाएको बताउनुभयो । “एउटै गाउँका चार विद्यार्थीले दुर्घटनामा जीवन गुमाए भने अन्य घाइते छन् । बिहान उठेर सधैँझैँ विद्यालय गएका विद्यार्थीको आज यो हालत हुँदा सबैको मन रोएको छ,” उहाँले भन्नुभयो ।

वडाध्यक्ष लामिछानेले दुर्घटनाको कारण पुष्टि नभए पनि स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको आशङ्का व्यक्त गरिरहेको बताउनुभयो । उहाँले घटनाको निष्पक्ष छानबिन गरी दुर्घटनाको कारण पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

दुर्घटनापछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्ने उद्देश्यले समिति गठन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी कालिका बोर्डिङका विद्यार्थी १३ वर्षीया ममता तिवारी, १४ वर्षीया रुमिका नेपाली, १४ वर्षीय अशिम कँडेल र सुवेच्छा तिवारीको मृत्यु भएको छ । यसैगरी, बसमा लिफ्ट मागेर यात्रा गरिरहेका माझठानाका ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

  • नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

  • Post Thumbnail

    साहित्यकार जोशीको कथासङ्ग्रह ‘बैसाखी’को लोकार्पण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    Post Thumbnail

    देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    Post Thumbnail

    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

    Post Thumbnail

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution