Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका धम्मिका प्रसाद नियुक्त

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका पूर्वक्रिकेटर धम्मिका प्रसाद नियुक्त हुनुभएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २२ असोजः नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका पूर्वक्रिकेटर धम्मिका प्रसाद नियुक्त हुनुभएको छ । टोलीले आगामी सिजनका लागि प्रसादलाई पुनः मुख्य प्रशिक्षकका रूपमा निरन्तरता दिएको हो ।

विराटनगरले धम्मिकालाई टोलीको प्रशिक्षणसँगै रणनीतिक योजनामा समेत महत्त्वपूर्ण जिम्मेवारी दिने बताएको छ । उहाँको नेतृत्वमा गत सिजन विराटनगरले प्रभावशाली प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाएको थियो ।

विराटनगर लिग चरणमा शीर्ष दुईभित्र रहेर क्वालिफायरमा प्रवेश गरेको थियो । क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि उसले फाइनल प्रवेशका लागि क्वालिफायर–२ खेल्ने अवसर पाएको थियो । तर, क्वालिफायर–२ मा लुम्बिनी लायन्ससँग रोकिएपछि विराटनगरको उपाधि यात्रा टुङ्गिएको थियो ।

श्रीलङ्काका लागि उहाँले आफ्नो अन्तरराष्ट्रिय खेल जीवनमा २५ टेस्ट, २४ एकदिवसीय अन्तरराष्ट्रिय र १४ टी–२० अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । खेलाडीका रूपमा तीव्रगतिका बलर उहाँले प्रशिक्षकका रूपमा पनि विभिन्न टोलीसँग काम गरिसक्नुभएको छ ।

सन् २०२३ मा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएको थियो । धम्मिकाले ओमानको राष्ट्रिय टोलीसँग पनि बलिङ प्रशिक्षकका रूपमा काम गर्नुभएको छ ।

विराटनगरसँग पुनः जोडिन पाउँदा आफू उत्साहित रहेको उहाँले प्रतिक्रिया दिनुभएको छ । गत सिजन प्लेअफबाट बाहिरिँदाको अनुभवले टोलीलाई आगामी प्रतियोगिताका लागि थप दृढ बनाएको प्रशिक्षक धम्किाको भनाइ छ ।

यसपटक टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने र त्यसका लागि आफ्नोतर्फबाट पूर्ण प्रयास हुने उहाँले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । आसन्न संस्करणको एनपिएल आगामी कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

  • Post Thumbnail

    विश्व वरियतामा नेपाल १६औँ स्थानमा

  • Post Thumbnail

    आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

  • Post Thumbnail

    क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    Post Thumbnail

    विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

    Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution